×

NEPAL TIMES UPDATES

Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026

क्वारेन्टिन स्थलमै कुटिए स्वास्थ्यकर्मी

२१ जेष्ठ २०७७

२१ जेठ, रौतहट ।
रौतहटमा क्वारेन्टाईनमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । रौतहटको राजपुर नगरपालिका-९ स्थित एक क्वारेन्टिन स्थलमा स्वास्थ्यकर्मीमाथि हातपात भएको हो ।

राजपुरको बैरियास्थित ठूलो मदरसा क्वारेन्टिनमा बसेका व्यक्तिहरूको आक्रमणबाट दुई जना स्वास्थ्यकर्मी घाइते भएका छन्। घाइते हुनेमा सिनियर अहेव खुर्सीद आलम र रामनरेश साह रहेका छन् । आक्रमणबाट आलमको टाउको फुटेको छ। उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

Advertisement
Advertisement

पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि संक्रमतिसँगै केही दिन बसेकाले आरडीटी परीक्षण गराएरमात्रै घर पठाउने तयारी भइरहेको समयमा उनीहरूले त्यसको विरोध गर्दै स्वास्थ्यकर्मीमाथि नै आक्रमण गरेको नगरपालिकाका प्रशासकीय अधिकृत बैजु ठाकुरले जानकारी दिए ।

‘क्वारेन्टाइनमा बसेका २०९ जनाको पीसीआर परीक्षण गर्दा ६४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । नेगेटिभ रिपोर्ट आएका व्यक्तिहरू पनि केही दिन संक्रमितसँगै बसेकाले आरडीटी परीक्षण गराएरमात्रै पठाउने तयारीअनुसार आरडीटी परीक्षण भइरहेको थियो ।’ ठाकुरले भने, ‘बुधबार २० जनाको आरडीटी परीक्षण भइसकेको थियो । जसमा १० जनाको आरडीटी रिपोर्ट पोजेटिभ पनि देखियो । आरडीटी परीक्षण चलिरहेकै समयमा एक्कासी उनीहरूले परीक्षण नै नगरी घर जान पाउनुपर्ने भन्दै स्वास्थ्यकर्मीमाथि जाइलागे ।’ क्वारेन्टिनमा बसेका व्यक्तिहरूले स्वास्थ्यकर्मीहरू चढेर आएको तीनवटा मोटरसाइकल समेत तोडफोड गरेको ठाकुरले बताए ।

Advertisement
Advertisement

क्वारेन्टिनमा बसेकाहरूको आरडीटी परीक्षणका लागि जिल्लाबाट तीन जना स्वास्थ्यकर्मीसहित ९ जनाको टोली खटिएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top