थप २७८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ हजार ९ सय १२ पुग्यो

२३ जेठ, काठमाडाैँ ।

Advertisement

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । सुर्खेत पञ्चपुरीका २८ वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणका कारण २२ गते नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जेठ ८ गते भारतबाट आई १४ दिन सम्म स्थानीय क्वारेन्टाइनमा बसी घर फर्किएका पुरुषको मृत्यु भएको बताए। उनले क्वारेन्टाइनमा आरडिटी परीक्षण गरी पोजेटिभ देखिएपछि घर पठाइएको तर घर पुगेकै दिन मृत्यु भएकोले पीसीआर प्रविधिबाट परीक्षण गर्दा कोरोना पोजेटीभ पाइएको बताए। यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घन्टामा २ सय ७८ जनामा कोरोना संक्रमण फेला परेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । जसमध्ये २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका ८, झापाका १ र मोरङका ६ गरी कुल १५ जनाको संक्रमण फेला परेको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाचीका १ जना, नवलपरासीका १ जना, पाल्पाका १ जना र रुपन्देहीका १८ जना गरी २२ जना, त्रिजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र प्रयोगशाला हेटौडामा सिन्धुलिका २ जना र बाराका २ जना गरी ४ जना, गण्डकी प्रदेशमा रहेको प्रयोगशालामा तनहुँका २ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा भोजपुरका ५ जना, झापाका १ जना र सुनसरीका १३ जना गरि १९ जना, सेती अस्पतालमा कैलालिका ४ जना, अछामका १ जना, बझाङका १ जना र डडेल्धुराका ५ जना गरी ११ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।

Advertisement

त्यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रामेछापका १७ जना र काभ्रेका ५ जना गरी २२ जना, कोसी अस्पतालमा झापाका १० जना, कणर्ाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा दैलेखका ९० जना, जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलखाका १ जना रामेछापका १ जना र गोरखाका १ जना गरी ९७ जनामा संक्रमण फेला परेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरीएको परीक्षणमा सुर्खेतका १ र दाङका १ गरी २ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १ जना, धनुसाका ४ जना, गुल्मीका १ जना, कपिलवस्तुका ४४ जना, कास्कीका १ जना, महोत्तरीका १७ जना र रौतहटका ६ जना गरी ७४ जनामा कोरोना संक्रमण पोजेटिभ पाइएको छ ।

पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । यससँगै अहिले सम्म संक्रमण भई निको हुनेको संख्या ३ सय ३३ पुगेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ३२ पीसीआर प्रविधि र आरडिटी विधिबाट ७ हजार ४ सय २ जनाको परीक्षण भएको छ । अहिले सम्म ८८ हजार ३ सय ६६ पीसीआर परीक्षण भएको छ भने १ लाख २९ हजार ९ सय ६६ आरडिटी परीक्षण भएको छ ।

देशभर १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहका छन् । जसमध्ये प्रदेश नम्बर १ मा ४ हजार ५९ जना, प्रदेश २ मा २१ हजार ३ सय ६३, गण्डकी प्रदेशमा ३ हजार ५ सय ७७, गण्डकी प्रदेशमा ५ हजार ४ सय ४२ जना, प्रदेश ५ मा ४० हजार १ सय ४६, कणर्ाली प्रदेशमा ३१ ह्जार ९ सय ५२ जना र सुदूरपस्चिम प्रदेशमा ६० हजार २ सय २६ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश १ मा १ सय ६६, प्रदेश २ मा ८ सय ७१, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा ५४, प्रदेश ५ मा ८ सय ६९ जना, कणर्ाली प्रदेशमा ४ सय ७५ र सुदूरपस्चिम प्रदेशमा ८३ जना गरी कुल २ हजार ५ सय ६८ जना आइसोलेसनमा रहेका छन् ।

अहिले सम्म प्रदेश १ का १२ जिल्लामा २ सय ४२ जना, प्रदेश २ का ८ जिल्लामा ९ सय ९३ जना, बागमती प्रदेशका १२ जिल्लामा ८५ जना, गण्डकी प्रदेशका ९ जिल्लामा ५७ जना, प्रदेश ५ को ११ जिललमा ९ सय ६५ जना, कणर्ाली प्रदेशको ७ जिल्लामा ४ सय ७९ जना र सुदूरपस्चिम प्रदेशका ९ जिल्लामा ९१ जनामा संक्रमण फेला परेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top