प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक,कृषिलाई प्राथमिकता (पूर्ण पाठ)

२४ जेठ, विराटनगर ।
प्रदेश १ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । कृषिलाई प्राथमिकतामा राख्दै शुक्रबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत भएको हो । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोनाका कारण समस्यामा परेका किसानका लागि ४५ करोड रुपैयाँको राहत प्याकेज घोषणा गरिएको छ ।

Advertisement

आगामी वर्ष प्रदेश सरकारले वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्कने युवाका लागि स्वरोजगारमूलक परियोजना सञ्चालन गर्ने नीति लिएको छ । विदेशबाट प्रदेश १ मा २ लाख जना फर्किन सक्ने आकलन गर्दै उनीहरुलाई स्वरोजगार बनाउन कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ ।

आगामी वर्षबाट किसानले कृषि उपज उत्पादन गर्ने र त्यसको बिक्रीको जिम्मा प्रदेश सरकारले लिनेछ । विपन्न वर्गका किसानको प्रोत्साहनका लागि किसान कार्ड र राशन कार्डसमेत उपलब्ध गराउने प्रदेश सरकारको योजना छ । मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम र मेरो कृषि, मेरो पौरख भन्ने नाराका साथ प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रम कार्यान्वयन गर्ने घोषणा गर्दै प्रदेश १ सरकारले कृषिक्षेत्रको आत्मनिर्भरतालाई कायम राख्ने नीति लिएको छ ।

Advertisement

प्रदेश १ को आयोजना बैंकमा सूचीकृत २६ परियोजनामा थप २४ थपेर ५० वटा पुर्‍याउने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउन लगानी सम्मेलन गर्ने, स्वदेशी लगानीका लागि छुट्टै लगानी सम्मेलन गर्ने, सार्वजनिक निजी सझोदारीबाट महत्वपूणर् ठूलो आयोजनामा लगानी जुटाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, सुरक्षा, सूचना, प्रविधि र वन तथा वातावरणको क्षेत्रलाई सरकारले उच्च महत्वका साथ राखेको छ।

Advertisement

नीति तथा  कार्यक्रमको पूर्णपाठ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top