×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

गौतम बुद्धले बाल्यकाल बिताएको दरबारलाई विश्वसम्पदा सूचीमा राख्ने पहल

२४ जेष्ठ २०७७

२४ जेठ, जीतपुर ।

शान्तिका अग्रदूत गौतम बुद्धले आफ्नो बाल्यकाल बिताएको दरबारलाई विश्वसम्पदा सूचीमा राख्ने पहल भएपछि जनप्रतिनिधि र स्थानीयवासी खुशी भएका छन् । सङ्घीय सरकारले नीति तथा कार्यक्रममा तिलौराकोटलाई सम्पदासूचीमा राख्न पहल गर्ने उल्लेख गरेपछि यसलाई साकार रुप दिन जिल्लावासी जुर्मुराएका छन् ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते सार्वजनिक गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बृहत्तर लुम्बिनी र शाक्यमुनि बुद्धको अष्टधातुमध्ये एक रहेको रामग्राम गुरुयोजना कार्यान्वयन गरिने तथा उनले २९ वर्ष बिताएको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने बताएकी थिइन् ।

त्यस्तै जेठ १५ गते सङ्घीय सरकारको आर्थिक वर्ष २०७७÷७८ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाइने घोषणा गरेका थिए । यसरी सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले तिलौराकोट क्षेत्रको विकासमा सहयोग पुग्नेमा कपिलवस्तुवासी आशावादी देखिएका छन् ।

सिद्धार्थको जन्म दुई हजार ६ सय वर्षअघि अस्तित्वमा रहेको कपिलवस्तुको शाक्य परिवारमा राजा शुद्धोधन तथा रानी मायादेवीको पुत्रका रुपमा कपिलवस्तुबाट माइत देवदह जाने क्रममा ‘लुम्मिनी’ वाटिकामा भएको थियो । उनको बाल्यकालको क्रीडास्थल तिलौराकोट कपिलवस्तुको तौलिहवादेखि ३ किमी उत्तरमा पर्छ । मगध सम्राट् अशोकले इपू २४५ देखि २५१ सम्म तिलौराकोटको खोजी गरेका थिए ।

वर्षौँदेखि ओझेलमा रहेको क्षेत्रलाई सरकारले सम्पदा सूचीमा राख्ने घोषणाले जिल्लावासी उत्साहित भएका छन् । जनताले लुम्बिनी जस्तै कपिलवस्तुलाई पनि महत्व दिनुपर्छ भनेर पटकपटक आवाज उठाउँदै आइरहँदा सरकारले तिलौराकोटलाई आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा विशेष स्थान दिएको छ ।

लुम्बिनी जस्तो प्रचारप्रसार हुन नसकेका कारण तिलौराकोट र गौतम बुद्धसँग सम्बन्धित अन्य पवित्र स्थलमा पर्यटक कम पुग्ने गर्छन् । बौद्ध साहित्यमा उल्लिखित विश्वका २८ बुद्धमध्ये तीन बुद्धको जन्मस्थल नेपालमा भएको विश्वास गरिन्छ । क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा र कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा कपिलवस्तु तथा शाक्यमुनि बुद्धको जन्म रुपन्देहीको लुम्बिनीमा भएको थियो । पाँचौ शताब्दीमा चीन पुग्ने बौद्धधर्मका विद्वान् बुद्धभद्रको जन्म पनि कपिलवस्तुमै भएको मानिन्छ ।

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम सुन्नुभएका दरबार क्षेत्र, कपिलवस्तु नगरपालिका– ३, शिवगढका प्रभु यादवले प्रश्न गर्दै भने, ‘अब तिलौराकोट पनि लुम्बिनी जस्तै हुने भयो त ?’ बिहान र साँझ पर्यटकलाई पथप्रदर्शन गर्दै आएका शिवगढकै ११ वर्षीय राहुल साहनीले केही साताअघि यस विषयमा थाहा पाएको सुनाए । साहनीले भने, ‘अब बल्ल मैले सोचे जस्तो विकास हुने भयो, म एकदम खुशी छु ।’

सत्तरी हजार शाक्यहरुको हत्या भएको भनिएको स्थल कपिलवस्तु नगरपालिकामै पर्ने सगरहवा, गौतम बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि पहिलोपटक आफ्ना पिता राजा शुद्धोधनसँंग भेट भएको स्थान कुदान, अरौराकोट, सिसहनिया, कपिलमुनिको तपस्यास्थल कपिलधामलगायत क्षेत्रको पनि सरंक्षण हुनुपर्ने जिल्लावासीको माग छ । त्यस्तै करीब १५७ हेक्टर क्षेत्रफलमा फैलिएका नेपालकै ठूलो मानव निर्मित जगदीशपुर ताल, जुम्ल्याहा स्तूप, डरेवा, बर्दहवा, लमतियाकोट, पटखहवा, राधाकृष्ण मन्दिर, सिकोटवा, रामजानकी मन्दिर, रिशोइयन शान्ति विहार, रामघाट राममन्दिर, तौलेश्वरनाथ मन्दिर, चन्द्रघण्टा दुर्गा मन्दिर, समयमाई मन्दिर, बडी मस्जिद, रामकुमार बाबाधाम, मधुवन धाम, नन्दनगर, शिवगढी, दोहनीकोट, लुम्बुसागरलगायत सयौंँ धार्मिक पर्यटकीयस्थल कपिलवस्तु जिल्लामा छन् ।

कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले तिलौराकोटको ऐतिहासिक महत्व रहे पनि उचित व्यवस्थापन तथा संरक्षणको अभावमा प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको बताए । विश्वसम्पदा सम्पदामा सूचीकृत हुन सकेमा जिल्लाको विकास मात्र नभर्ई नेपालकै अन्तरराष्ट्रिय गौरवस्थल बन्ने भएकाले पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले तिलौराकोटलाई सम्पदा सूचीमा राख्ने अभियान स्वागतयोग्य भएको लुम्बिनी बताए । उनले भने, ‘जिल्लाका सात क्षेत्रमा कम्तीमा रु दशदश करोडको बजेट विकास निर्माण तथा सरंक्षणका लागि छुट्याएको भए अझ राम्रो हुने थियो, यस विषयमा सरकार चुकेको हो कि ?’

लुम्बिनी विकास कोष तिलौराकोट शाखा प्रमुख माधवप्रसाद आचार्यले नजीकको तीर्थ हेला भने झैं प्राचीन समयमा राजा शुद्धोधनको राजप्रासाद रहेको यस क्षेत्रमा सिद्धार्थ गौतमको बाल्यकाल र युवावस्था व्यतीत गरेको क्षेत्रको महत्व ढिला बुझ्नु दुःखद् भएको बताए । शाक्यमुनि बुद्धजत्तिकै महत्वका अन्य दुई बुद्धको जन्मस्थलको चर्चा र महिमा चर्चामा ल्याउनाका साथै जिल्लाका यस्तै थुप्रै धार्मिक क्षेत्रको सरंक्षण हुनुपर्ने उनको जोड छ ।

कपिलवस्तु जिल्लाका वरिष्ठ सञ्चारकर्मी तथा लुम्बिनी कपिलवस्तु प्रवद्र्धनकर्ता नारायण पौडेलेले नेपालको इतिहास बन्नुपूर्व नै कपिलवस्तुको इतिहास बनेको विचार राख्दै यस क्षेत्रको पहिचान ढिलो हुनु दुःखद भएको बताउछन् । पौडेलले भने, ‘जिल्लाका केही खराब तत्व सक्रिय नभए मात्र तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुन्छ, होइन भने बजेट आउँछ, जान्छ, काम प्रकिया जहाँको त्यहीँ हुन्छ, होइन भने हीरामाथि बसेर फलाम खोज्नु बाहेक केही हुन्न ।’
संसारका करीब दुई अर्ब बौद्ध धर्मावलम्बी कपिलवस्तु आएर पाँच सय सय डलर मात्र खर्च गरेमा तथा उनीहरुको लगानी सदुयपोग भएमा नेपालको वार्षिक बजेट बन्ने नै पौडेलको जिकिर छ । लुम्बिनीको तुलनामा तिलौराकोट, रामग्राम, देवदहलगायत क्षेत्र ओझेलमा परेकाले कमजोरी सच्याउनुपर्ने सुझाव उनी दिन्छन् ।

हाल लुम्बिनी रुपन्देही जिल्लामा रहे पनि प्राचीन कपिलवस्तुकै भाग रहेको बुद्धिजीवी बताउँछन् । तत्कालीन भागीरथी नदी र रोहिणी नदीदेखि पश्चिमपट्टिको भूभाग कपिलवस्तुकै रहेको तथा लुम्बिनी पनि कपिलवस्तुकै भूभाग भएको जिल्लावासीको भनाइ छ । प्राचीनकालमा कौशल देशका राजा ओकाकका सन्तान उत्तरपट्टि छाडिँदा घुम्दै कपिलमुनि ऋषिको आश्रममा पुगेका थिए । उनीहरुले आफ्नो वृत्तान्त उल्लेख गरेपछि ऋषिले नजीकको सालको जंगल फाँडी बसोबास गर्ने सल्लाह दिएअनुसार कालान्तरमा घनाबस्ती हुन गएकाले उनकै नामबाट कपिवत्थु हुँदै कपिलवस्तु नामकरण भएको विश्वास छ ।

प्राचीन कपिलवस्तु उत्खनन गर्दा भेटिएका बहुमूल्य वस्तु फलामका किला, सिसाका मुन्द्रा र बाला, माटाका भाँडा, इँटाका टुक्रा र फुटेका चुरा कपिलवस्तु संग्रहालयमा छन् । सन् १८९३ मा पाल्पाका कम्यान्डिङ जनरल खड्गशम्शेरको पहलमा खोजी अगाडि बढेपछि यस क्षेत्रको खोज अनुसन्धान स्वदेश तथा विदेशसम्म निरन्तर चलिरहेको छ । त्यसैगरी गौतमबुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्ना पिता, पत्नी र छोरालाई पहिलो पटक भेटेको तथा भिक्षु बनाएको स्थलका रूपमा कुदान परिचित छ । कपिलवस्तु नगरपालिकाको तौलिहवादेखि तीन किमी दक्षिणमा रहेको कुदान क्षेत्रलाई राजा शुद्धोधनको न्यायालय भनिन्छ ।

विसं २०१४ मा भएको लुम्बिनी र तिलौराकोटको उत्खनन विश्वकै कठिन उत्खनन मानिन्छ जुन नेपालीका लागि गर्वको विषय रहेको जानकार बताउँछन् । त्यस्तै २०१६ मा दरबारको पूर्वपट्टि रहेको कन्थक स्तूपको दक्षिणपट्टिका खेतमा चाँदीका ४९७ र तामाका २८९ सिक्का फेला परेका थिए । विसं २०१८ को उत्खननमा भेटिएका बुद्धका विभिन्न मूर्ति, माटाको खेलौना, चुरा, मालाजस्ता थुपै पुरातात्विक अवशेष तिलौराकोट दरबार क्षेत्रदेखि ४०० मिटर दक्षिणपश्चिममा कपिलवस्तु संग्रहालयमा संरक्षित अवस्थामा राखिएको छ । संस्कृति मन्त्रालय पुरातत्व विभाग, बेलायतको दुर्हाम विश्वविद्यालय, लुम्बिनी विकास कोष, युनेस्को, जापानिज फण्ड इन ट्रष्टको आर्थिक सहयोगमा धेरै वर्षदेखि त्यस क्षेत्रमा उत्खनन भएको थियो । साथै राष्ट्रिय अन्तरराष्ट्रिय विज्ञसहित संयुक्त टोलीहरुले पुरातात्विक उत्खनन गरेका छन् । उक्त स्थानमा प्राचीन समयदेखि नै मानव सभ्यताको क्रमिक विकास भएको प्रमाण प्राप्त भएको छ ।

राष्ट्रियसभा सदस्य विमला घिमिरेले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राख्ने नीति र कार्यक्रम आउनु कपिलवस्तुवासीका लागि सुखद् भएको बताइन् । उनी सरकारको घोषणाले तिलौराकोटले पहिलो पटक न्याय पाएको जिकिर गर्छिन् । नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अतहरकमाल मुसालमानले पुरानै कार्यक्रम दोहोरिएको र नयाँ केही नभएको जिकिर गरिन् ।

बौद्ध साहित्यमा ३२ बिघामा फैलिएको क्षेत्रफल, नजीकै नदी, हिमालय पर्वत देखिने जस्ता थुप्रै प्रमाणले भारतले बनाएको कपिलवस्तु वास्तविक कपिलवस्तु नभएको स्थानीयवासी बताउँछन् । सने १९६२ मा वरिष्ठ पुरातत्वविद् देवला मित्राले प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट हुन नसक्ने भनेपछि सो विषयमा बहस शुरु भएको थियो । मित्राले वैज्ञानिक तरिकाबाट उत्खनन नगरी सतही रुपमा उत्खनन गरेकाले यस्तो विषय बाहिर आएको अगुवा बताउँछन् । सोही समयमा वरिष्ठ पुरात्वविद् केएम श्रीवास्तव (कृष्णमुरही श्रीवास्तव) ले तिलौराकोट र भारतको पिपरहवा अलिगढहवा उत्खनन गर्दा भेटिएका लिपिबाट कपिलवस्तुको राजधानी तिलौराकोट रहेको पुष्टि गरेका थिए । उत्खननकै क्रममा यसरी दुवै विज्ञको नतिजा फरक रुपमा बाहिर आउँदा नेपाली समाजमा भ्रम फैलिएको कपिलवस्तुका बासिन्दा बताउँछन् ।

Advertisement

थुप्रै उत्खननपछि कपिलवस्तुको तिलौराकोट नै शाक्यमुनि गौतम बुद्धले २९ वर्ष बिताएको स्थल हो भन्नने विषय छर्लङ्ग भएको छ । सिद्धार्थले जन्म लिएको ठाउँलाई मात्र महत्व दिँदा तथा तिलौराकोट अहिलेसम्म ओझेलमा परेको तर अब सरकारको घोषणा र बजेटले केही आशा पलाएको सोही क्षेत्रका अगुवा बताउँछन् ।–शेरिफ केसी/रासस

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top