Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा आचार्य श्रीनिवासमाथि गोली प्रहार

विराटनगरमा आचार्य श्रीनिवासमाथि गोली प्रहार

विरानगरस्थित जतुवामा आइतबार बिहान गोली चलेको छ। बिहान करिब तीन बजे अज्ञात समूहले चलाएको गोली लागेर हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवास गम्भीर घाइते भएका छन्।

घाइते भएका श्रीनिवासलाई विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ।

श्रीनिवासमाथि तीन राउण्ड गोली प्रहार भएकोमा एउटा गोली उनको छातीमा लागेको प्रहरीले जनाएको छ।

जतुवामा आइतबारदेखि सुरू हुने श्रीमद् भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो।

केही दिनअघि रामनवमीको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाह आचार्य श्रीनिवासलाई भेट्न विराटनगरस्थित राम मन्दिर गएका थिए।

घटनास्थलमा मंगोल नेशनल अर्गनाइजेशनको पर्चा भेटिएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.