भारतमा कोरोना भयावह बन्दै, संक्रमित संख्यामा स्पेनलाई जित्यो

२५ जेष्ठ, एजेन्सी ।

Advertisement

भारत विश्वको पाँचौ धेरै कोरोना संक्रमित भएको मुलुक बनेको छ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार शनिबार साँझ भारतले संक्रमित संख्यामा स्पेनलाई उछिनेको हो। अमेरिकाको जोनस् हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतको कुल संक्रमित संख्या शनिबार साँझ २ लाख ४५ हजार ६ सय ७० पुगेको छ। स्पेनमा भने त्यो संख्या २ लाख ४१ हजार ३ सय १० रहेको छ।

Advertisement

संक्रमित संख्या धेरै भएपनि कोरोनाबाट हुने मृत्युको संख्यामा भने भारत यी मुलुकभन्दा धेरै पछाडी रहेको छ। इटालीमा हालसम्म कोरोनाका कारण ३३ हजार ७ सय ७४ जनाको ज्यान गएको छ भने स्पेनमा त्यो संख्या २७ हजार १ सय ३४ रहेको छ। भारतमा कोरोनाबाट हालसम्म ६ हजार ६ सय ४२ जनाको ज्यान गएको छ।

 सातादिन अगाडि सम्म भारतको दैनिक कोरोना संक्रमण दर करिब ६५ सय रहेकोमा हाल त्यो १० हजारको करिब पुगेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले हिजो शनिबार बिहान ८ बजेसम्म ९ हजार ८ सय ८७ नयाँ संक्रमित फेला परेको र २ सय ९४ जनाको ज्यान गएको जानकारी दिएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top