देशभर कोरोना संक्रमित प्रहरीको संख्या ३३ पुग्यो, १४ जना डिस्चार्ज

२५ जेठ ७७, आइतबार

२५ जेष्ठ, काठमाडौं ।

Advertisement

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

देशभर संक्रमितको संख्या बढिरहँदा कोरोना संक्रमित प्रहरीको संख्या पनि ३३ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमध्ये कपिलवस्तुमा कार्यरत प्रहरीमा २, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ९, सप्तरीमा २, सिराहमा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

Advertisement

यस्तै सर्लाहीमा १, जुम्लामा २, जाजरकोटमा १ र काठमाडौं उपत्यकामा ४ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीका अनुसार संक्रमित ३३ मध्ये १४ जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन् । अन्य सबैको आइसोलेसनमा राखेर विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य सतर्कता अपनाएर प्रहरी परिचालन भएको र पछिल्लो समय थप सावधानी अपनाउन देशभर निर्देशन दिइएको प्रवक्ता शाहीले बताए । देशभरका सबै युनिटका क्वारेनटाइनमा निर्माण गरिएको र स्वास्थ्यमा समस्या देखिए तत्काल जाँचको व्यवस्था मिलाइएको प्रवक्ता शाहीले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top