×

NEPAL TIMES UPDATES

Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026

नेपाल बाहिर १४ हजारभन्दा धेरै नेपालीमा कोरोना सङ्क्रमण

२५ जेष्ठ २०७७

२५ जेष्ठ, काठमाडौँ ।
विश्वका विभिन्न देशमा १४ हजारभन्दा धेरै नेपालीमा कोरोना सङ्क्रमण भएको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा रहेका १४ हजार ४ सय ४५ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये खाडीका देश र मलेसियामा कार्यरत १० हजार ९ सय ३८ नेपालीमा कोरोना सङ्क्रमण भएको स्वास्थ्य समितिको तथ्याँक छ ।

Advertisement
Advertisement

शनिबार साँझसम्म कतारमा ६ हजार ९११ जनामा, साउदीमा १ हजार ३६४ जनामा, बहराइनमा ३३२ जनामा, संयुक्त अरब इमिरेट्स (यूएई)मा १६ सय जनामा, कुवेतमा ६५० जनामा र मलेसियामा ८१ जनामा कोरोना सङ्क्रमण भएको छ ।

नेपालीमा कोरोना सङ्क्रमण घट्दो
विदेशमा अघिल्लो हप्ता नेपालीमा कोरोना सङ्क्रमण हुने दर घटेको स्वास्थ्य समितिले जनाएको छ ।

सङ्क्रमणसँगै ज्यान गुमाउने नेपालीको सङ्ख्या पनि घट्दै गएको छ । स्वास्थ्य समितिका अनुसार अघिल्लो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ भने ५ हजार ५ सय ९० जना कोरोनाबाट निको भएका छन् । यो सङ्ख्या अघिल्लो हप्ताको तुलनामा ७५ प्रतिशतले कम भएको स्वास्थ्य समितिले जनाएको छ ।

Advertisement
Advertisement

एनआरआनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संसारभरीका ३४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने १३ देशमा रहेका नेपालीको कोरानोको कारण ज्यान गएको छ । संघको पछिल्लो तथ्यांक अनुसार विदेशमा रहेका १ सय २५ जना गैरआवासीय नेपालीहरुको कोरोनाका कारणले ज्यान गएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top