×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

दिनभरका प्रमुख खबर

२६ जेष्ठ २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(नबढ्नु थियो बढे)
स्याङजाका ५८ वर्षीय एक पुरुषको कोरोनाका कारण निधन भएसंगै मृतकको संख्या १४ पुग्यो /पछिल्लो २४ घन्टामा थप ३१४ जना गरी नेपालमा कुल ३ हजार ७ सय ६२ जना कोरोना संक्रमित /४ सय ८८ जना निको भए ।

Advertisement

२.(लाखको परीक्षण)
हालसम्म १ लाख ९ सय ७२ पीसीआर परीक्षण/१ लाख ५६ हजार ९ सय ९१ वटा आरडिटी परीक्षण /देशभर १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टाइनमा /३ हजार २ सय ६० जना आइसोलेसनमा ।

३.(लकडाउन टु फ्रिटाउन)
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको ७७ दिन पूरा /सरकारले लकडाउनलाई खुकुलो बनाउने नयाँ मोडालिटी तयार पार्न नसक्दा सबैमा लकडाउनको अन्यौलता ।

४.(घटना नदोहोरियोस्)
कामबाट निकालिएको भन्दै आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका अछामका बयालपाटा अस्पतालका सरसफाई कर्मचारी सिद्धार्थ आउजीको उपचारको क्रममा मृत्यु/ महामारीकै समयमा परिवारको रोजीरोटी चल्ने माध्यम नै बन्द भएपछि न्यूनस्तरका कर्मचारी तनावमा ।

५.(नेविसंघको मसला)
पश्चिम रुकुमको चौरजहारी घटनाको छानविनका लागि संसदीय समिति गठनमा ढिलाई भएको भन्दै नेपाल विद्यार्थी संघको विरोध प्रदर्शन /राज्य पक्षबाट पीडकहरुलाई संरक्षण गर्ने प्रवृति देखिएकाले उक्त परिस्थितिलाई रोक्न दवाव दिनुपरेको उल्लेख ।

६.(मन्त्रीको मन्तब्य)
सुकुम्बासी आयोग मार्फत भूमि सम्बन्धी सबै समस्याको समाधान गरिने भूमि व्यवस्थामन्त्री पद्मा अर्यालको भनाई / नक्सा प्रकाशन सहित भूमि फिर्ताका सम्बन्धमा दुई देशबीचको वार्ता र कुटनीतिक पहलबाट समाधान हुनेमा सरकार प्रतिवद्ध र विश्वस्त रहेको उल्लेख ।

७.(कडै आयो चुनोती)
भष्ट्राचार गरेको आरोप प्रमाणित गर्न श्रम मन्त्री रामेश्वर राय यादवको चुनौति /आफ्नो राजनीतिक जीवनमा कुनैपनि बेला भष्ट्राचारमा संलग्न भएको प्रमाणित गर्न सके राजनीतिक सन्यास लिने घोषणा ।

८.(सत्य वचन)
महिला भएकै कारण प्रतिनिधित्व बढाउनु भन्दा क्षमताको आधारमा मात्रै महिलाको सहभागिता बढाउनुपर्ने कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेको भनाई/ सत्यनिरुपण तथा मेलमिलाप तथा द्वन्द्वकालीन मुद्दा समाधानका लागि बजेटको अभाव नभएको उल्लेख ।

९.(मेलम्चीको प्यास)
आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुने खानेपानी मन्त्री बिना मगरको भनाई /आगामी आर्थिक वर्ष उपत्यकाको खानेपानी लिमिटेडको क्षेत्रभित्र मेलम्चीको पानी वितरण गरिने दाबी ।

१०.(हिमालीलाई उपेक्षा)
कर्णाली प्रदेश लगायतका उच्च हिमाली क्षेत्रमा शहरी विकासका कार्यक्रम र बजेट न्यून भएको भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङद्वारा स्वीकार/सन्तुलित शहरी विकास र बसाईसराईलाई व्यवस्थितगर्न २७ स्थानमा नयाँशहर आयोजना अघि बढेको उल्लेख ।

११.(हट्छ त विभेद ?)
समाजमा रहेका सबै किसिमका हिंसा अन्त्यका लागि सरकार प्रयासरत रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको भनाई /समाजमा हुने विभेदहरुको अन्त्य गर्न र मर्यादित नेपाल निर्माण गर्ने विषय बजेटमा समेटिएको उल्लेख ।

१२.(लेनदेनका कुरा)
१७ करोड प्रकरणमा आफूलाई जोडेको भन्दै सो अभिव्यक्तिलाई प्रमाणित गर्न खेलकूदमन्त्री जगतबहादुर सुनारको चुनौती / विना प्रसंगका विषय जोडेर मन्त्रीलाई विवादमा तान्न खोज्नु उचित नहुने टिप्पणी ।

१३.(कछुवा गतिको उद्धार)
कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरु अझै कम्तिमा एक हप्ता नेपाल फर्किन नपाउने /सम्बन्धित देशमा रहेका नेपाली दूतावाससँग समन्वय गरी नाम संकलनको काम भइरहेको उल्लेख ।

१४.(गुड्छ त रेल ?)
मेची महाकाली विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको १ सय ६ किलोमिटर लामो रेलमार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु /रेलमार्गका लागि झापा, मोरङ र सुनसरीमा करिव ६ सय ७३ बिघा १८ कठ्ठा जमिन अधिग्रहण गरिने ।

र,

Advertisement

१५.( विश्वमा आज)
कोरोना भाइरस महामारीका कारण हालसम्म विश्वभर ४ लाख ६ हजार बढीको मृत्यु / ७१ लाख १० हजार बढी संक्रमित /३४ लाख ६९ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top