२७ जेठ, काठमाडौँ ।
भारतले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकका ५६ वटा माध्यमिक विद्यालयको पुनर्निर्माण गरिदिने भएको छ । भारत सरकारले नेपाललाई ती विद्यालय पुनर्निर्माणका लागि २ अर्ब ९५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गर्ने भएको हो ।
सोमबार भारतीय राजदूतावास तथा शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइबीच यससम्बन्धी सातवटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
भारतीय दूतावासद्वारा जारी विज्ञप्ती अनुसार भूकम्पप्रतिरोधी क्षमता विद्यालयहरू नेपाल सरकारले तोकेको मापदण्डअनुसार पुनर्निर्माण हुनेछन् ।
शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधासहितका भवन बन्ने दुतावासले जनाएको छ । भूकम्पप्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरूको पुनर्निर्माणका लागि प्राविधिक सहयोग गर्ने जनाईएको छ ।