कोरोनाबाट विश्वमा चार लाखभन्दा बढीको मृत्यु, ७२ लाख बढी सङ्क्रमित

२७ जेठ ७७, मंगलबार
Share this
666shares

२७ जेठ, जेनेभा (स्वीट्जरल्याण्ड)।

Advertisement

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या ४ लाख ८ हजार ९७५ पुगेको छ । साथै यस सङ्ख्याबाट विश्वभर ७२ लाख १० हजार १९६ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार मङ्गलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३५ लाख ५० हजार ५५९ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित ३२ लाख ५० हजार ६६२ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५३ हजार ७८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Advertisement

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्ख्याको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख २६ हजार ५९७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख १३ हजार ६१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ११ लाख ७६ हजार ५८४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५१ हजार ३३७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख सात हजार ३०१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख ३६ हजार ७७१ जनाको मृत्यु भएको छ ।

Advertisement

युरोपमा २१ लाख १८ हजार २१६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १ लाख ७९ हजार ५६८ को मृत्यु भएको छ । एसियामा १३ लाख ९९ हजार ४०९ जनामा कोरोना भाइरस सङ्ख्या रहेको छ भने, ३५ हजार ७७० जनाको मृत्यु भएको छ ।

अफ्रिकामा एक लाख ९९ हजार सात जनामा कोरोना भाइरस सङ्ख्या रहेको छ भने पाँच हजार ३९० जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८७७ जनामा कोरोना भाइरस सङ्ख्या रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।रासस / एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top