मेलम्चीको पानी वितरण गर्न पूर्वाधार निर्माण पूरा

२७ जेठ, काठमाडौं ।

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी घर घरसम्म वितरण गर्न आवश्यक तयारी लगभग पुरा भएको छ । अधिकांश स्थानमा सबै खालका पाइप जडान तथा रिजर्भ ट्याङ्की निर्माणलगायत काम सकिएको छ । मेलम्ची खानेपानी विकास समितिले असार मसान्तसम्ममा खानेपानी झार्ने तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालय वितरणका लागि आवश्यक तयारीमा लागेको हो ।

बन्दाबन्दीको समयमा समेत आवश्यक स्वास्थ्य सावधानी अपनाएर काम भइरहेको निर्देशनालयका प्रमुख भोजविक्रम थापाले बताए । आवश्यक सामग्री र जनशक्ति पर्याप्त नभए पनि उपलब्धबाट सकेसम्म काम भइरहेको उनले बताए । उनले भने, ‘सामान्य अवस्थामा जसरी काम गर्न नसकिए पनि सकेसम्मका काम अघि बढाइरहेका छौँ ।’

समितिले असार मसान्तसम्ममा निर्माण सकाए पनि काठमाडौँ उपत्यकावासीले पानी खान भने अझै केही समय लाग्न सक्छ । निर्माण सम्पन्न भएपछि पहिले सुरुङको परीक्षण गरिने उनले बताए । सुरुङमा परीक्षणका लागि सातदेखि १० दिनसम्म लाग्नेछ । सुरुङमा पानी पठाएर परीक्षण गर्दा कुनै पनि किसिमको समस्या देखिएमा तत्काल त्यसको मर्मत हुनेछ । सुरुङको परीक्षण भएर प्रशोधन केन्द्रमा पानी आएपछि अहिले बिच्छ्याइएका पाइपहरुको परीक्षण हुनेछ । अहिले बिच्छ्याइएका नयाँ पाइपको वाग्मतीको पानी पठाएर परीक्षण भइरहेको छ । वाग्मतीको पानी पर्याप्त भएकाले अझैसम्म परीक्षण गर्न नसकिएको उनले बताए । उनले भने, ‘उताबाट पानी आउनासाथ आएको पानीलाई प्रणालीमा पठाउनुपर्छ ।’

पाइप परीक्षणका लागि दैनिक ४० देखि ५० लाख लिटरसम्म पानी आवश्यक पर्ने प्रमुख थापाले बताए । अहिलेसम्म प्रयोगमा नआएका पाइपलाई निर्मलीकरणको काम पनि त्यसपछि हुनेछ । उपत्यकामा पानी आएपछि नयाँ पाइपको निर्मलीकरण, परीक्षणलगायतका काम हुँदा वितरणको काम पनि सँगसँगै हुने उनले बताए । केही समयसम्मको तयारी सकिएपछि उपत्यकामा उपलब्ध हुने सबै पानी वितरण हुनेछ ।

निर्देशनालयले अहिलेसम्म सबै किसिमको गरी झण्डै एक हजार २०० पाइप बिच्छ्याइसकेको छ । १० स्थानमा रिजर्भ पानी ट्याङ्कीको निर्माण भइसकेको छ । भक्तपुरको कटुञ्जे, चक्रपथको बल्खुलगायतका केही स्थानमा मात्रै पाइप बिच्छ्याउन बाँकी छ । नारायणहिटी दरबार क्षेत्रलगायतका केही स्थानमा पनि पोइन्ट जोड्न बाँकी छ । उनले भने, ‘त्यहाँका स्थानीयवासीले पहिले पानी आएपछि मात्रै जोड्न दिने भनेपछि अहिलेसम्म जोड्न नसकिएको हो ।’

बोर्डले हेलम्बुस्थित निर्माणस्थलमा सुरुङमार्ग, हेडबक्स निर्माण र सुन्दरीजलमा दुई प्रशोधन केन्द्र निर्माण गरेको छ । निर्देशनालयले प्रशोधन केन्द्रबाट विभिन्न स्थानमा रिजर्भ ट्याङ्की हुँदै पोखरीसम्म पानी पठाउन आवश्यक संरचना निर्माण गरेको छ । पानी काठमाडौँमा झरेपछि निर्देशनालयले नयाँ पाइपको परीक्षण गर्नेछ भने काठमाडौँ केयुकेएलले पानी वितरण गर्नेछ । निर्देशनालयले सन् २०११ देखि आयोजनाले मुख्य, सहायक र वितरण पाइप बिच्छ्याउने काम गरिरहेको छ । पानी सङ्कलनका लागि विभिन्न १० स्थानमा ट्याङ्की निर्माण गरिएकामा भक्तपुरको कटुञ्जेबाहेक अरु स्थानमा सम्पन्न भइसकेको छ । मेलम्चीको पानी दुई चरणमा गरी काठमाडौँ उपत्यका ल्याउन लागिएकामा अहिले पहिलो चरणमा भित्रने १७ करोड पानी वितरण हुनेछ । पहिलो चरणमा चक्रपथभित्रका एक लाख १० हजार घरधुरीमा पानी वितरण हुनेछ ।

उपत्यकामा फोहरपानीको मात्रा बढ्ने भएकाले फोहर पानी प्रशोधनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको हो । मेलम्चीको पानी आएपछि त्यसको व्यवस्थापनका लागि आयोजनाले नै चार स्थानमा फोहर पानी प्रशोधन केन्द्रको निर्माण गरिरहेको छ । गुह्यश्वरीस्थित केन्द्र सञ्चलनमा आइसकेको छ भने सूर्यविनायक, बालकुमारी र सुन्दरीघाटमा निर्माणाधीन छ । आयोजनाअन्तर्गत नै पाइप विस्तारका लागि खनिएका सडक मर्मतका कामसमेत निर्देशनालयले गरेको छ । सडक विभागको अधिकार क्षेत्रअन्तर्गत पर्ने सडक विभागले र स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने सडकको मर्मतको काम निर्देशनालयले गरेको आयोजनाले जनाएको छ ।

झण्डै दुई दशक पहिले शुरु भएको आयोजना विभिन्न कारणले समयमा सम्पन्न हुन सकेको थिएन । यसअघि काम गरेको इटालियन कम्पनी सिएमसीले निर्माणस्थलमा धेरै काम अघि बढाएको थियो । सो कम्पनीले निर्माण नसकिँदै फर्किएपछि सरकारले बाँकी काम सक्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई बाँकी काम सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको निर्माणको काम सकिँदा वितरणका लागि आवश्यक पूर्वाधार निर्माण निर्देशनालयले गरिरहेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी आर्थिक वर्षको शुरुमै उपत्यकामा पानी आइसक्ने बताउँदै आएको छ । आगामी आवमा खानेपानी मन्त्रालयअन्तर्गत विनियोजित बजेटका विषयमा सङ्घीय संसद् प्रतिनिधिसभाका सांसदले उठाएका प्रश्नको आज जवाफ दिँदै मन्त्री बीना मगरले मेलम्ची आयोजनाको भौतिक प्रगति अन्तिम चरणमा पुगेको बताएका थिए । आगामी आवको शुरुमै मेलम्चीको पानी सुरुङमा परीक्षण गरी उपत्यकामा वितरण गरिने उनको भनाइ थियो ।रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top