सडक सुधार्न नेपाललाई विश्व ब्याङ्कको ५४ अर्ब सहयोग

२९ जेठ ७७, बिहीबार
Share this
773shares

२९ जेष्ठ, विराटनगर ।
बहुपक्षीय ऋणदाता विश्व ब्याङ्कले नेपालको सडकमार्गको सुधार, अन्तरदेशीय व्यापार विस्तार तथा रोजगारी सिर्जनाका लागि नेपाललाई ४५ करोड डलर (करीब ५४ अर्ब) सहयोग स्वीकृत गरेको छ।

Advertisement

कोरोनाभाइरसले अप्ठ्यारोमा पारेको अर्थतन्त्रको पुनर्स्थापना तथा सर्वसाधारणकोे जीवनलाई प्राथमिकता दिंदै यो सहयोग स्वीकृत गरिएको विश्व ब्याङ्कले प्रेस विज्ञप्ति मार्फत जनाएको छ।

विश्व ब्याङ्कको नेपालका लागि कन्ट्री म्यानेजर फारिस हदाद जर्भोसले यो सहयोग रकम नेपालको सडक सुरक्षा, रोजगारी सिर्जना, आपूर्ति प्रणालीको सुधार र स्थानीय उत्पादनको बजार विस्तारका लागि खर्च हुने उल्लेख गरेका छन्।

Advertisement

मुख्य रुपमा यो रकमबाट नागढुंगा–नौबिसे–मुग्लिन सडक र कमला–ढल्केबर–पथलैया सडकको स्तरोन्नति र सुधार गरिने ब्याङ्कले जनाएको छ। त्यस्तै, अन्य रणनीतिक सडकहरुको सुरक्षाका लागि पनि यो रकम खर्च गरिनेछ।

यी दुई सडक नेपालको वैदेशिक व्यापार तथा रणनीतिक हिसाबले महत्वपूर्ण रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top