×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

कम काम भएपछि मध्यपहाडीको ४ अर्ब फिर्ता

२९ जेष्ठ २०७७

२ जेठ,काठमाडौं ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाले रु चार अर्ब ३७ करोड फिर्ता हुने भएको छ । बन्दाबन्दी जारी रहँदा निर्माणको काम कम भएकाले सो आयोजनाको सो रकम फिर्ता हुन लागेको जनाइएको छ ।

Advertisement

सरकारले चालू आवमा सो आयोजनाका लागि रु १२ अर्ब विनियोजन गरेको थियो । आयोजनाअन्तर्गत पाँच योजना कार्यालयमार्फत निर्माणको काम अघि बढिरहेको छ । ती योजनाले सडक र पुलका गरी गत फागुनसम्म १४० ठेक्का सम्झौता गरेकामा बन्दाबन्दीको अवधिमा जम्मा ३४ ठेक्कामा मात्रै काम भएको निर्देशनालयका प्रमुख दीपक केसीले बताए । ती योजनामा पनि थोरै जनशक्तिले काम गरेको उनले बताए । उनले भने, ‘लकडाउनका समयमा यति काम भयो भनी उल्लेखीयरुपमा काम भएको छैन ।’

सरकारले बन्दाबन्दीको घोषणा गर्नासाथ निर्माणस्थलमा रहेका अधिकांश कामदार घर फर्किएका थिए । सरकारले राष्ट्रिय गौरवको आयोजनाको निर्माण पुनः सञ्चालन गर्ने निर्णय गरे पनि काम गर्न सहज वातावरण नबनेको उनले बताए । सरकारले निर्णय पछि जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएका थिए । स्थानीय तहले भने अरु ठाउँबाट आएका नागरिकलाई सजिलै प्रवेश रोकेकाले काम गर्न असहज भएको हो । सडकमा काम गर्ने मजदुरहरु फरक जिल्लाका हुँदा ल्याउन नसकिएको हो । उनले भने, ‘कतिपय पालिकाले १४ दिनसम्म क्वारेन्टिनमा राखेरमात्रै निर्माणस्थल जान दिएका थिए ।’

सरकारले विकास निर्माणलाई अघि बढाउने निर्णयपछि योजना कार्यालयले निर्माण व्यवसायीसँग काम गर्न सकिन्छ कि सकिँदैन भनी छलफल गरेका थिए । ‘काम गर्न सक्छु’ भनेर शुरु गरेका निर्माण व्यवसायीलाई पनि आवश्यक जनशक्ति जुटाउनै कठिन भएको छ । जिल्ला प्रशासनले पास दिए पनि सम्बन्धित पालिकाले व्यक्ति र सवारी रोकिरहेका छन् । कोभिड–१९ सङ्क्रमित धेरै भएका जिल्लामा मात्रै होइन सङ्क्रमित नै नभेटिएका वा थोरै रहेका जिल्लामा पनि नयाँ नागरिक प्रवेश नहोस भन्ने चाहेको पाइएको छ । उनले भने, ‘स्वास्थ्य सुरक्षा अपनाएर काम भए पनि स्थानीय तह विश्वस्त हुन सकिरहेको छैन ।’

सडक विभागका कतिपय आयोजनामा जनशक्तिसँगै निर्माण सामग्रीको समेत अभाव रहेको छ । यो आयोजनामा भने निर्माण भइरहेका स्थानमा निर्माण सामग्रीको अभाव छैन । विगतका वर्षहरुमा सडक कालोपत्रको काम अन्तिम चौमासिकमा हुने गरेकामा अन्तिम चौमासिकको शुरुसँगै जारी बन्दाबन्दीले प्रगति कम रहेको छ । फागुन महिनासम्म काम गरिरहेको टिम साइटमा भइरहेको भए अहिलेसम्म धेरै प्रगति हुने उनको भनाइ छ । बन्दाबन्दी हुनासाथ फर्किएकामध्ये धेरैले चाहेर पनि अहिले निर्माणस्थल आउन सकेका छैनन् ।

सरकारले आगामी तीन वर्ष अर्थात् आव २०७९/८० सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । यो वर्ष लक्ष्यभन्दा कम काम हुँदा त्यसले आयोजना समयमै सम्पन्न गर्न कठिन हुनसक्ने प्रमुख केसीले बताए । आगामी आवमा यही अवस्थामा भए त्यसले लक्ष्यमा सम्पन्न गर्न गाह्रो हुनेछ । कोभिड–१९ को समस्या समाधान भएमा निर्माणलाई तीव्रता दिन सकिने उनले बताए । आगामी आवमा बजेटका कारणले पनि धेरै काम हुन नसक्ने उनको भनाइ छ । गत आवमा रु १२ अर्ब रहेकामा सरकारले आगामी आवका लागि रु आठ अर्ब बजेट विनियोजन गरेको छ । उनले भने, ‘हामीले रु १४ अर्ब माग गरेकामा आठ अर्ब विनियोजन भएको हो ।’

Advertisement

मध्यपहाडका जिल्लाको जीवनस्तर उकास्नका लागि राष्ट्रिय यातायात नीति, २०५८ मा मध्यपहाडी लोकमार्गको परिकल्पना गरिएको थियो । यसको ६ वर्षपछि आव २०६४/६५ बाट निर्माणको काम नै शुरु गरियो । लोकमार्गले मध्यपहाडका २५ जिल्लाका करिब ३०० बस्तीलाई जोड्दै ७५ लाखभन्दा बढी नागरिक लाभान्वित हुने विश्वास गरिएको छ । सडकको लम्बाइ एक हजार ७०० किमी रहेको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्गको आसपासमा १० वटा नयाँ शहर विकास गर्न लागिएको छ । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयले १० वटै शहरमा अत्यावश्यक शहरी पूर्वाधार निर्माणलाई अघि बढाएको छ ।रासस

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top