आजका प्रमुख खबरहरुः
१.(कोरोनाको ब्यथा)
आज २ सय ५० जना नयाँ कोरोना संक्रमित थपिएसंगै नेपालमा कुल संक्रमितको संख्या ४६ सय १४ पुग्यो/बिहीबार मात्र १ सय ८७ डिस्चार्जभएपछि अहिलेसम्म ८ सय ६१ जना कोरोनामुक्त भए ।
२.(कहरको तथ्याङ)
पीसीआरबाट १ लाख १५ हजार ९ सय ३० र आरडिटीबाट १ लाख ७८ हजार १ सय ४३ वटा परीक्षण / विभिन्न आइसोलेसनमा ३ हजार ७ सय ३८ जना उपचाररत रहँदा १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा ।
३.(सरकार विरुद्धको स्वर)
सरकारले कोरोनाको उपचार व्यवस्थित रुपले गर्न नसकेको भन्दै देशका विभिन्न स्थानमा सरकारविरुद्ध प्रदर्शन /सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग / लकडाउनमा सरकारविरूद्ध देशव्यापी प्रदर्शन हुन थालेपछि कारबाही गर्ने गृहको चेतावनी ।
४.(लकडाउनको नयाँ स्वरुप)
लकडाउन घोषणा गरेको ३ महिना पुग्नै लाग्दा सरकारद्वारा मोडालिटी परिर्वतन गर्दै आजबाट खुकुलो बनाइयो /तीनै चरण पूरा भएपछि मात्र सरकारले सबै सेवा तथा व्यवसाय खुला गर्न अनुमति दिने ।
५.( उद्योगीको आशा)
सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिने निर्णयको उद्योगी व्यवसायीहरुद्वारा स्वागत /सरकारले उद्योगी व्यवसायीलाई कर, बैंककको ब्याजदर, सहुलियतपूर्ण कर्जा लगायतका विषयमा समेत अझबढी सहयोग गर्ने प्याकेज ल्याउने विश्वास व्यक्त ।
६.(रुकुम घटनाको अनुशन्धान)
रुकुम घटनामा थप तीन आरोपी पक्राउ /घटनाको अनुसन्धानका लागि गठन भएको संसदीय विशेष समितिद्वारा प्रारम्भिक छलफल सुरु /संविधान संशोधनका लागि मतदान गरेलगत्तै घटनाको अनुसन्धानका लागि चौरजहारी जाने / तीस दिनभित्र प्रतिविदेन बुझाउनुपर्ने ।
७.(माननीयको चासो)
राष्ट्रियसभा सदस्यहरुद्वारा पछिल्लो समय घटेका विभिन्न हत्या र आत्महत्याका घटनाको निष्पक्ष छानबिन गर्न माग /हजारौं व्यक्तिहरुले रोजगारी गुमाएको, विद्युत छुटमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको टिप्पणी ।
८.(विद्यार्थीलाई हलुका कि बोझ ?)
असार महिना भित्र एसइईको सबै काम सक्नेगरी तयारी भईरहेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाई /विद्यालयको आन्तरिक मुल्याङकनलाई आधार मानेर विद्यार्थीलाई प्रमाणपत्र दिने मन्त्रीपरिषद्को निर्णय ।
९.(कानुनको साथ)
कर भुक्तानीको दबाबमा रहेका करदातालाई सर्वोच्च अदालतको राहत/खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था मिलाउन सर्वोच्चद्वारा सरकारका नाममा अन्तरिम आदेश जारी ।
१०.(फर्किए चेली)
कुबेतबाट दुईवटा विमानमार्फत गैरकानुनी हैसियतमा बसेर आममाफी पाएका ३ सय ६ जना नेपाली महिला स्वदेश फर्किए /सवैलाई नेपाली सेनाले प्रदेशगत रुपमा छुट्टाइएको होल्डिङ सेन्टरमा राखियो ।
११.(चार्टडको लफडा)
चार्टड उडानका नाममा यात्रुसँग बढी भाडा लिएको गुनासोका सन्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन /अब भाडादर नखुलेको अवस्थामा प्रस्तावित भाडा दर उचित भएको देखिएमा मात्र चार्टड उडान अनुमति प्रदान गरिने ।
१२.(गो ब्याक इन्डिया !)
भारतीय पक्षको अवरोधका कारण पाँचथरको फालेलुङ गाउँपालिकास्थित आहालमा निर्माण गर्न लागिएको संरचनाको काम अलपत्र/नयाँ नक्साअनुसार उक्त क्षेत्र आफ्नो देशको भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी)द्वारा अवरोध ।
१३.(ऋणबोकी विकास)
नेपालको सडकमार्गको सुधार, अन्तरदेशीय व्यापार विस्तार तथा रोजगारी सिर्जनाका लागि विश्व बैंकद्वारा नेपाललाई करीब ५४ अर्ब सहयोग स्वीकृत /सहयोग रकमबाट नागढुंगा–नौबिसे–मुग्लिन सडक र कमला–ढल्केबर–पथलैया सडकको स्तरोन्नति गरिने ।
१४.(सुनमा लगानी)
सुनको मूल्य दिनहुँ आकाशिदो /बिहीबार छापावाला सुनको मूल्य तोलाको ८९ हजार ६ सयमा कारोबार/चाँदीको मूल्य प्रतितोला ९ सय ५० रुपैयाँ कायम ।
र,
१५.(विश्वको कोरोना)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ४ लाख १९ हजार बढीको मृत्यु /७४ लाख ८२ हजार बढी संक्रमित / ३७ लाख ९८ हजार बढी निको भएर घर फर्किए ।