आर्थिक वृद्धिदर ५.५ हुने एडिबीको प्रक्षेपण

२७ चैत ७४, बुधबार

काठमाडौँ, २८ चैत ः एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

आगामी आवमा मनसुन सामान्य हुने र चालु ठूला आयोजना तीव्र गतिमा अघि बढ्ने र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने संभावनामा केन्द्रित रहेर एडिबीले उक्त प्रक्षेपण गरेको हो ।

आज यहाँ सार्वजनिक भएको बैंकको प्रमुख वार्षिक प्रकाशन ‘एशियाको विकास परिदृश्य’अनुसार चालु आवमा मन्द गतिमा भएको आर्थिक वृद्धि पनि ४ दशमलव ९ प्रतिशतमा नै सीमित रहने अनुमान गरिएको छ ।

Advertisement

“अघिल्लो आवको तुलनमा चालु आवमा मकै र कोदोजस्ता बर्खे बालीको उत्पादन वृद्धि हुने तर औद्योगिक वृद्धिदर कम हुने अनुमान गरिएको छ,” बैंकका देशीय निर्देशक खामुदखानोभले उक्त प्रकाशनका मुख्य बुँदाबारे जानकारी दिँदै भने ।

प्रदेश र स्थानीय सरकारको सीमित अनुभव र क्षमता तथा संघीयताको निर्विघ्न कार्यान्वयनको चुनौतीमा केन्द्रित रहेको बताउँदै उनले नयाँ गठन भएका स्थानीय र प्रदेश सरकारको खर्चमा वृद्धि र कमजोर राजश्व परिचालन क्षमताका कारण बजेट घाटा बढ्ने आशंका व्यक्त गरे । आगामी आवमा औसत मुद्रास्फीति पनि ५।५ प्रतिशत पुग्ने, विप्रेषण आयको मन्द वृद्धि र बढ्दो व्यापार घाटासहति मध्यावधिसम्म बाह्य क्षेत्रको स्थायित्व जोखिममा रहेको जानकारी पनि उनले दिए ।

Advertisement

विकास परिदृश्यअनुसार ठेक्का तथा सहकारी खेती प्रणालीमार्फत व्यावसायिक कृषिलाई व्यापक रुपमा अवलम्बन गर्दा त्यो नेपालको राजश्वका स्रोतमध्येको एक सबल स्रोत बन्न सक्ने, बाली सुधार, कृषि उत्पादनको निर्यात प्रवद्र्धन, उच्च मूल्यका अलैँची, चिया, अदुवाजस्ता नगदेबालीको विकास तथा निर्यात वृद्धि गर्न सक्ने प्रशस्त संभावना छन् । जलविद्युत् र होटल क्षेत्रमा क्रमिक रुपमा बढेको लगानीले सकारात्मक प्रतिफल दिने प्रक्षेपण गरिएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top