३० जेष्ठ, सुनसरी । सुनसरी देवानगंज-७ रासी बस्ने जगरुप यादवको ५ बर्षीया छोरी लक्ष्मी कुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको छ ।
हिजो साझँ साढे ६ बजे घर निजकै रहेको पोखरी छेउमा खेल्ने क्रममा अचानक लडेर पोखरीमा डुबेको अवस्थामा आफन्तले तत्काल देखी उपचारार्थ लैजादै गर्दा निज नाबालिकाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।