२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्लामा लकडाउन गर्न सकिने

३० जेठ, काठमाडौँ ।
दुई सयभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्लामा फेरि लकडाउन लम्ब्याउन सकिन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको नयाँ मापदण्डमा दुई सयभन्दा बढी संक्रमित भेटिएको जिल्लामा लकडाउन गर्न सकिने ब्यबस्था गरिएको हो ।मापदण्डमा तीन प्रकारको व्यवस्था गरिएको छ ।

मन्त्रालयले ५१ जनादेखि दुई सय संक्रमित देखिएको मध्यम प्रकृतिको जिल्लामा तोकिएको समयमा तोकिएको काम गर्न पाइने जनाएको छ । ५१ जनाभन्दा कम प्रभावित जिल्लालाई सुरक्षित मान्दै मन्त्रालयले त्यसक्रममा अपनाउनुपर्ने अरु मापदण्ड तोकेको हो । जिल्लाको वर्गिकरणका क्रममा स्वास्थ्य मन्त्रालयको ‘कमाण्ड केन्द्र’को सिफारिस अनिवार्य गरिएको छ ।

लकडाउनलाई केही खुकुलो बनाएको सरकारले जारी गरेको नयाँ मापदण्डमा जुनसुकै ठाँउमा पनि तीनवटा सर्त अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । मन्त्रालयले ‘अत्यावश्यकीय’ भनी वर्गीकरण गरिएका सर्तमा सबै किसिमको जमघट र भेटघाटमा २ मिटर(६ फिट)को दुरी अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।

घर बाहिर निस्कदा मास्क प्रयोग अनिवार्य गरिएको छ । उक्त मास्क सर्जिकल वा ३ तहको कपडाको हुनुपर्नेछ । अनि सबै सार्वजनिक स्थान अनि कार्यालयमा आफ्नो परिसरमा हात धुने साबुनपानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्था हुनुपर्नेछ । र त्यहाँ प्रवेश गर्नेहरुले हात धोएको वा स्यानिटाइजर प्रयोग गरेको सुनिश्चित गर्नुपर्नेछ ।

सरकारले अनिवार्य पालना गर्नुपर्ने भनी सर्तहरु पनि तोकेको छ । जस अनुसार अनुहारको टी क्षेत्र (आँखा, नाक र मुख) नछुने भनिएको छ भने खोक्दा वा हाछ्यु गर्दा सुरक्षित हुनुपर्नेछ ।

सार्वजनिक थलोमा नथुक्ने भनी सकेसम्म विद्युतीय कारोबारलाई प्रोत्साहित गर्ने नीति छ । ज्वरो, खोकी अनि स्वासप्रश्वासको समस्या आउनेहरु सकेसम्म जनसम्पर्कमा नआउने भनिएको छ ।

अफिस आउनेहरुलाई शुरुमा थर्मामिटरबाट परीक्षण गर्ने अनि १०० दशमलव ४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आएमा काममा नलगाउने भनिएको छ । अनि कार्यालयमा आउने सेवाग्राहीको फोन नम्बर सहितको व्यक्तिगत विवरणको अभिलेख राख्नुपर्नेछ ।

फेस रिडिङ गर्ने मेसिनबाट हाजिर गर्न लगाउने, त्यो सम्भव नभए सुपरभाइजरले कर्मचारीको अभिलेख राख्ननुपर्नेछ । मेसिनमा औठाछाप छुवाएर (थम्ब गरी)हाजिर गर्ने प्रणालीलाइ सकेसम्म प्रयोग नगर्नेगरी मापदण्ड तयार गरिएको छ ।

होटल र रेष्टुरेन्ट र क्यान्टिनका लागि छुट्टै मापदण्ड छ । उच्च जोखिममा पर्ने ती निकायले सकेसम्मे प्याकिङ परिपाटीलाई प्रोत्साहित गर्नुपर्नेछ । रेष्टुरेन्टमा बसेर खानुपर्ने भए सीटको दुरी २ मिटर कायम गर्नुपर्नेछ ।

सरकारले मापदण्ड मार्फत अत्यावश्यक सेवामा सकेसम्म भर्चुअल प्लेटर्फम प्रयोग गर्न आग्रह गरेको छ । दन्त उपचार सेवा, व्यूटीपार्लर र कपाल काटने सेवामा अनिवार्य मास्क, पञ्जा लगाउनुपर्नेछ । मुख र घाँटी परीक्षणमा चिकित्सकले अनिवार्य एन ९५ मास्क प्रयोग गर्नुपर्नेछ ।

सार्वजनिक यातायातमा एककापट्टिको लहरको सिटमा एकजना क्रस गरेर बस्नुपर्ने भनिएको छ । अनि विषयगत मन्त्रालयहरुले आफ्नो सेवा कायम गर्दा स्वास्थ्य सुरक्षा प्रोटोकल बनाएर सञ्चालन गर्नुपर्नेछ ।

 मापदण्ड यस्तो छ:

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top