×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संसदमा प्रचण्डले दिएको अभिब्यक्तिप्रति राजेन्द्र लिङ्देनको आपत्ति

३१ जेष्ठ २०७७

३१ जेठ, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले महाकाली सन्धीको बचाउ गरेका छन् । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा महाकाली सन्धीमा प्रयोग भएका शब्दहरुको गलत अर्थ लगाइएको उनले बताए ।

महाकाली नदीको अधिकांश भाग सीमाना भनेर सुगौली सन्धीभन्दा झन राष्ट्रघाती महाकाली सन्धी भएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिएको अभिव्यक्तिको खण्डन गर्दै पौडेलले त्यहाँ प्रयोग भएको शब्दको गलत प्रयोग भएको बताए । उनले भने- ‘‘महाकाली सन्धीका बेलामा जुन खालको पदावलिको प्रयोग भएको छ । महाकाली नदिको अधिकांश भाग सीमा भनेर जसरी शब्द प्रयोग भएको छ । महाकाली नदिपूर्व भारतको भूभाग हो भन्ने होइन् महाकाली पश्चिम पनि नेपालको भूभाग छ भन्ने अंकित गर्दछ भन्ने हो । यसमा कुनै पनि प्रकारको दुविधा राख्नुहुदैन । त्यहाँ उल्लेख भएको कुरा अन्यथा अर्थ लगाउनु वान्छनिय हुँदैन् ।’’

Advertisement
Advertisement

महासचिव पौडेलले नयाँ नक्सा जारी गरी संविधान संशोधन गर्ने नेपालको निणर्य कुनै पनि देशका विरुद्ध नभएको बताए । भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ताको पक्षमा उभिदा छिमेकीहरुको दिल दुख्छ भन्ने लघुतावासमा नअल्झिन उनले आग्रह गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले नेकपा अध्यष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । अध्यक्ष दाहालले राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता ल्याउँदैछौ भन्ने अभिव्यक्ति प्रति उनले आपत्ति जनाएका हुन । उनले भने, ‘‘जसले यो देश निर्माण गर्‍यो । जुन संस्थाले नेपाली राष्ट्र, नाम र पहिचान हामीलाई दियो । त्यो संस्थाले भूगोल बेच्यो, गुमायो र त्यो हामीले फिर्ता गर्दै छौँ भनेर धक लगाउने दिन होइन त्यसमा मेरो असहमति छ ।’’

संविधानका विभिन्न कुराहरुमा आफ्नो पार्टीको असहमति रहेपनि राष्ट्रियताको पक्षमा सधै रहेको बताए । निशान छाप परिवर्तनका लागि मात्रै सरकारसँग नभएर भूमि फिर्ता नहुँदासम्म सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने उनले बताए । उनले भने- ‘‘दुनियाँलाई थाहा छ यो संविधानमा राप्रपाको सबैभन्दा ठूलो असहमति छ । तर अहिले पेश गरेको प्रस्ताव कुनै दल विशेषको प्रस्ताव नभइ हामी सबैको साझा र मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रियता सँग सम्बन्धित विषय हो । सबैभन्दा माथि देश छ । देशभन्दा माथि अरु केही छैन् । आज यो राष्ट्रियतासँग सम्बन्धित विषयमा राप्रपाको कुनै शर्त छैन् निशर्त समर्थन छ ।’’

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले कुटनीतिक वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताइन् । वार्ताको माध्यमबाट सहजै भूमि फिर्ता नहुने अवस्थामा विश्व जनसमर्थनको बाटो अपनाउनुपर्ने सुझाव उनले दिइन् । भूमि फिर्ता ल्याउनुपर्ने उद्देश्यले राष्ट्र संघ र अन्तर्राष्ट्रिय अदालत जान पछि हट्ननहुने उनको भनाई छ ।

Advertisement

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संविधान निर्माणको बेला नै नेपालको नक्सा र क्षेत्रफल राख्नुपर्ने प्रस्ताव आफ्नो पार्टीले राखेको स्मरण गराए । उनले नेपालको भूमि समेटेर नक्सा नबनाउने त्यो बेलाका नापी अधिकारी, भूमि, गृह परराष्ट्रमन्त्रालयका अधिकारीहरुसँग बयान लिनुपर्ने बताइन । विगतका सरकारहरुले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर किन नक्सा जारी गरेनन भन्ने कुराको बयान लिनुपर्ने उनले बताए । महाकाली सन्धी खारेज गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उनले नेपालको गुमेको सम्पूणर् भूमि समेटेर नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top