पर्वतकाे दुर्लुङमा पहिरोले पुरिएर ३ जनाकाे मृत्यु, ६ जना वेपत्ता

३२ जेठ, पर्वत।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा गए राती गएको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता छन् । शनिबार भीषण वर्षा सहित खसेको पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरेको थियो ।

पहिरोमा परी दुर्लुङस्थित काफलचौरका ६२ वर्षीय तुलबहादुर थापा, उनकी ५२ वर्षीया श्रीमती र १० वर्षीया नातिनीको शव बाहिर निकालिएको हो । तुलबहादुरकै परिवारका अरु तीन जना बेपत्ता छन् । त्यस्तै कमला विकसहित उनका १३ र ९ वर्षीय छोराछोरी बेपत्ता भएको वडाध्यक्ष तेज प्रसाद पाध्यायले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले राति करिब २ बजेसम्म कुटो, कोदालो र फरुवाले खोस्रिए पनि अरु व्यक्तिहरुको पत्तो लाग्न सकेको थिएन । राती वर्षा भएको र अध्यारोका कारण खोजी कार्य गर्न कठिन भएकाले बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य जारी राखिएको अध्यक्ष पाध्याले बताए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारीले राती दुई बजेसम्म खोजी गर्दा तीन जनाको शव भेटिएका र बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोली उद्धारमा खटिएको जानकारी दिए । अझै केही घर पुरिएको हुनसक्ने वडाध्यक्ष पाध्यायले बताए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top