७१ हजार नगदसहित सात जना जुवाडे पक्राउ

३१ जेठ ७७, आइतबार

३२ जेष्ठ, झापा ।
झापाको कन्काई नगरपालिका वार्ड नं ३ टप्पु टोलको एक घरबाट जुवाको कौडा र नगद सहित सात जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

कन्काई ३ का चेतनकुमार प्रसाईंको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले शनिबार साँझ सातजना जुवाडेलाई पक्राउ गरिएको डीएसपी रिजालले बताए।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका वडा नं. ३ का विष्णु प्रसाद उप्रेती, लिलु अग्रवाल, सुरज चुडाल, हरि खरेल, ओमप्रकाश चापागाई, कन्काई ४ का मान वहादुर श्रेष्ठ र हरिवहादुर श्रेष्ठ रहेका छन्।

Advertisement

उनीहरूको साथबाट कौडासहित नगद ७१ हजार समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top