असार १ गतेदेखि रेडियो र टिभीबाट कक्षा संचालन

३१ जेठ ७७, आइतबार

३२ जेष्ठ, विराटनगर ।
असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट कक्षा दशसम्मका विद्यार्थीहरुले घरमै बसेर आफ्नो पाठ्यक्रम अनुसार पढ्न पाउने भएका छन् ।

Advertisement

लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवा मार्फत् सरकारले पढाउन सुरु गर्ने भएको हो । शिक्षा मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले कक्षा एकदेखि आठ कक्षासम्मको असार १ गते देखि सुरु हुने पढाइ तालिका सार्वजनिक गरेको छ ।

असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुनेछ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top