अमेरिकाः अश्वेत नागरिक मारिएपछि एटलान्टाका प्रहरी प्रमुखको राजीनामा

३२ जेष्ठ, एजेन्सी ।
२७ वर्षीय रेशर्ड ब्रूक्स गत शुक्रवार प्रहरीसँग भएको सङ्घर्षमा मारिएका थिए।

मेयर कीशा ल्यान्स बटम्सले प्रहरी प्रमुख एरिका शील्ड्सले शनिवार राजीनामा दिएको बताइन्। एटलान्टामा ब्रूक्सको निधन भएपछि कारबाहीको माग गर्दै प्रदर्शन भएको थियो। शनिवार साँझ एटलान्टाको मुख्य राजमार्ग इन्टरस्टेट–७५ प्रदर्शनकारीहरूले बन्द गरिदिएका थिए।

जोर्ज फ्लोइड प्रहरी हिरासतका क्रममा मारिएपछि गत तीन हप्तादेखि अमेरिका भर प्रदर्शनहरू हुँदै आएका छन्। एरिका शील्ड्स २०१६ को डिसेम्बरदेखि एटलान्टाको प्रहरी प्रमुख थिइन् र एटलान्टाको प्रहरी विभागमा २० वर्षदेखि कार्यरत थिइन्। उनी प्रहरी विभागको अन्य शाखामा कार्यरत रहने मेयर बटम्सले बताइन्।

Advertisement

मेयर बटम्सले विज्ञप्तिमा भनेकी छन्, देशभर प्रहरीमा अर्थपूर्ण सुधार कस्तो हुनुपर्छ भन्नेमा एटलान्टा नमुना बनोस् भन्ने एरिकाको चाहनाका कारण उनले प्रहरी प्रमुखबाट राजीनामा दिएकी हुन्। मेयर बटम्सले ब्रूक्सको मृत्युमा संलग्न प्रहरी अधिकारीलाई बर्खास्त गर्नुपर्ने बताएकी छन्।

शुक्रवार के भएको थियो?
जोर्जिया ब्यूरो अफ इन्भेस्टिगेशन्स (जीबीआई)ले २७ वर्षीय ब्रूक्सको मृत्युबारे अनुसन्धान गरिरहेको छ र वेन्डीज रेस्टुरेन्टभित्र रहेको सुरक्षा क्यामेरामा रेकर्ड गरिएको भिडिओ हेरिरहेको छ।

Advertisement

उसले प्रत्यक्षदर्शीले खिचेको भिडिओ पनि हेरिरहेको छ। जीबीआईका अनुसार ब्रूक्स बाटोमा कारभित्रै निदाएपछि सडक अवरुद्ध भयो र त्यसपछि प्रहरीलाई उक्त रेस्टुरेन्टमा बोलाइएको जनाइएको छ। ब्रूक्स मापसे परीक्षणमा फेल भएपनि गिरफ्तार हुन उनी नमानेको प्रहरीले बताएको छ।

जीबीआईको रिपोर्ट अनुसार वेन्डीज रेस्टुरेन्टबाट प्राप्त फूटेजमा प्रहरी अधिकारीहरू ब्रूक्सको पछिपछि दौडिरहेको देखिन्छ। त्यसपछि ब्रूक्सले टेजर भनिने एउटा विद्युतीय हतियार एकजना अधिकारीमाथि ताकेका थिए। त्यसपछि प्रहरी अधिकारीले हानेको गोली ब्रूक्सलाई लागेको थियो, रिपोर्टमा भनिएको छ।

प्रत्यक्षदर्शीले उपलब्ध गराएको भिडिओमा वेन्डीज रेस्टुरेन्ट बाहिर दुईजना प्रहरी अधिकारीसँग ब्रूक्सले सङ्घर्ष गरिरहेको देखिन्छ। त्यसपछि ब्रूक्सले एकजना अधिकारीको टेजर(एक प्रकारको विद्युतीय हतियार जुन प्रहार गर्दा मानिसलाई अस्थायी पक्षाघात हुन्छ) खोसेर प्रहरी अधिकारीबाट फुत्केर भागेका थिए।

त्यसपछि प्रहरी अधिकारीले ब्रूक्समाथि टेजर प्रहार गरेको त्यसपछि उनीहरू भिडिओको फ्रेमबाट बाहिरिएको देखिन्छ। त्यसपछि बन्दुक पड्केको सुनिन्छ र ब्रूक्स भुइँमा लड्छन्। उनलाई अस्पताल पुर्‍याइएपछि उनको निधन भएको थियो। उक्त घटनामा एकजना अधिकारीलाई चोट लागेको र उनको उपचार गरिएको थियो।

घटनाबारे स्थानीय काउन्टीले छुट्टै अनुसन्धान गरिरहेको छ। जीबीआईले यो वर्ष मात्रै प्रहरी अधिकारीले गोली हानेका ४८ घटनाहरू अनुसन्धान गरेको एबीसी न्यूजले जनाएको छ। ती मध्ये १५ वटामा मान्छेको ज्यान गएको थियो। प्रदर्शनकारीहरूले शुक्रवारदेखि नै विरोध जनाउन थालेका छन्।

उनीहरूले ब्रूक्सको नाम र ुब्ल्याक लाइभ्स म्याटरु भन्ने सन्देश अङ्कित प्लाकार्ड बोकेका थिए। निअपलिसमा मारिएका जोर्ज फ्लोइडको मृत्यु सन्दर्भमा पनि एटलान्टामा प्रदर्शन हुँदै आएको थियो।

अरू अमेरिकी शहरमा के भयो?
अमेरिकाका अरू शहरमा पनि प्रदर्शन जारी छ।

अमेरिकामा प्रहरी प्रशासनमा सुधार आउनुपर्ने माग राखिएको छ। फ्लोइडको मृत्यु भएको शहर मिनिअपलिसमा प्रहरी विभाग विस्थापन गरेर समुदायको नेतृत्वमा आम सुरक्षा प्रणाली कार्यान्वयनमा ल्याउने प्रस्ताव नगर परिषदले पारित गरेको छ।

केही दिनअघि उसले प्रहरी विभाग भङ्ग गर्ने पक्षमा मतदान गरेको थियो। न्यू योर्कका गभर्नर एन्ड्र्यू क्योमोले प्रहरी विभागमा ठूलो समीक्षा गर्न आदेश दिएका छन्।(बीबीसी)

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top