माेरङसहित ३६ स्थानका एसपीको सरुवा, १६ जिल्ला प्रहरी प्रमुख फेरिए

१ असार ७७, मंगलबार

२ असार, विराटनगर ।
प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ। असार महिनाको तलब भत्ता खाने गरी ३६ जना एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीमध्ये १६ जनाले जिल्ला प्रमुखका रुपमा जिम्मेवारी पाएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार मोरङ जिल्लाका एसपी विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण, काठमाडौँ सरुवा गरिएको छ भने उनको ठाउँमा सन्तोष खड्कालाई पठाईएको छ । खड्का प्रहरी प्रधान कार्यालय विशेष व्युरो नक्सालमा थिए ।

त्यस्तै कास्की जिल्लामा जिबन श्रेष्ठ ,कपिलबस्तुमा नवराज अधिकारी र बाँकेमा ओम रानाको सरुवा भएको छ । त्यस्तै पाल्पामा दिपक खरेल, सिरहामा उमाशंकर पन्जियार, तनहुँमा अरुण पौडेल, इलाममा नविनराज राई, भक्तपुरमा तारादेवी थापालगायतको सरुवा भएको छ।

Advertisement

सरुवा सूची अनुसार गोविन्द अधिकारी धनकुटा, जनकराज पाण्डेय डोटी, टीकाबहादुर केसी महोत्तरी, डम्बरबहादुर विक बुटवल ट्राफिक, दीपक रेग्मी पूर्वी नवलपरासी, भीमबहादुर दाहाल उदयपुर, राजेन्द्रप्रसाद भट्ट सुर्खेत, सुरेन्द्रबहादुर गुरुङ गोरखा र संजीव शर्मा दास इटहरी ट्राफिकमा सरुवा भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top