×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

यी हुन् सीमाका सच्चा पहरेदार

२ असार २०७७

जनकपुरधाम:  ‘मधेसीलाई भारतीय देख्ने कुण्ठा आजदेखि हटाइदिनुस्। अब राष्ट्रघातीको पहिचान हुनुपर्छ। मधेसी भनेपछि राष्ट्रियतामा शंका गर्ने ? नश्लीय चिन्तन बोकेकाहरू हटाइदेऊ, प्रत्येक मधेसी सेना भएर सीमाको रक्षा गरेको छ’, समाजवादी जनता दलका नेता राजेन्द्र महतोले शनिबार संसद्मा दिएको यस भाषणले देशभर वाहवाही पायो। संसद्ले नयाँ नक्सासहितको संविधान संशोधन पारित गर्नुअघिको छलफलमा नेता महतोले दिएको मन्तव्यले सिंगो देशलाई तरंगित गर्‍यो।

राष्ट्रियताको पक्षमा मधेसी नेताले दिएको यस भाषणबाट मधेसमाथि लाग्ने आरोप तथा आशंकाहरूको तर्कसंगत प्रतिवाद गरिएको छ। पुस्तौंदेखि थुप्रै बाधा अवरोध सहेर पनि सीमामा बसी आफ्नो भूमिको रक्षा गरेका नेपाली सदनमा उठेको राष्ट्रियताको बहसपछि छाती गर्वले चौडा भएको बताउँछन्। महोत्तरीको मनरासिसवा नगरपालिका १० मधवा गाउँको मुसहरबस्ती नेपाल भारत दसगजामै छ। यहाँ ६० परिवार मुसहर पुस्तौंदेखि बसोबास गर्दै आएका छन्। सीमास्तम्भहरूको सुरक्षा र भूमिरक्षाका क्रममा यी मुसहरको झुपडी कैयौंपटक भारतीय सुरक्षाकर्मीले उजाडे। तर, पुस्ताले बसोबास गरेको नेपाली भूमिलाई अति विपन्न यस समुदायले कहिल्यै छाडेनन्। ‘यो दसगजाको पीडा निकै बढी छ’, ६५ वर्षीय जगत राम भन्छन्, ‘हामी नेपाली हौं, नागरिकता पनि छ तर, भोटको बेला मात्रै नेपाली नागरिक भएको अनुभूति हुन्छ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

सीमामा बसेर पुस्तौंदेखि पिलरहरूको रक्षा गरे पनि यसबापत कहिल्यै कुनै प्रशंसा वा सम्मान नपाएको गुनासो ५५ वर्षीय सिकेन्द्र सदा गर्छन्। ‘नेपाली भए पनि कुनै अड्डा वा प्रशासनमा जाँदा भारतीय भनेर हेप्छन्’, सिकेन्द्रले भने, ‘आफ्नो देशमा पनि पराई जस्तो व्यवहार वर्षौंदेखि भोग्दै आएका छौं तर आफ्नो कर्तव्य र भूमि रक्षाबाट कहिल्यै पछि पर्दैनौं।’ सीमा रक्षा गर्दै जीवन बिताएका यी मुसहर परिवारलाई चालु आर्थिक वर्षमा प्रदेश २ सरकारले नेपाली भूमिमा पक्की घर निर्माण गर्ने योजना बनाएको थियो। जनता आवास कार्यक्रमअन्तर्गत ३७ परिवार मुसहरको लागि पक्की घरको शिलान्यास पनि गरियो। तर, भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र दसगजामा निर्माण गर्न नपाइने अडानका कारण घर निर्माण कार्य प्रभावित हुन गयो। आफ्नै भूमिमा घर बनाउन खोज्दा पनि भारतीय पक्षको हस्तक्षेप खेप्नु परेको मुसहरले यस विषयमा प्रतिवाद गरे। राजनीतिक स्तरबाट दुई देशबीच लामो वार्ता र छलफलपछि अहिले घर निर्माण कार्य सुरु गरिएको छ।,याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top