×

NEPAL TIMES UPDATES

Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सकिने

३ असार २०७७

पोखरा : पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी बन्दाबन्दीका बीच पनि काम भइरहेको छ । सन् २०२१ जुलाई १० भित्र निर्माण सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको चिनियाँ सीएमसी कम्पनीले निर्माणको जिम्मा लिएको थियो ।

निर्माण कम्पनीले छ महिना अगावै अर्थात् सन् २०२० डिसेम्बरसम्म सबै निर्माणको काम सक्ने गरी काम गरिरहे पनि सुरुमा चीनमा कोरोनाको सङ्क्रमण देखिँदा चीनमा गएका कामदार त्यतै रोकिएको र पछि नेपालमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आयोजना निर्माणमा दोहोरो मार परेको थियो । बन्दाबन्दी अगाडिसम्म छ महिना अगावै निर्माणको काम सम्पन्न गर्ने गरी ५५ प्रतिशत काम सकिएको थियो ।

Advertisement
Advertisement

बन्दाबन्दीकै बीचमा पनि कामदारको स्वास्थ्य सुरक्षा, क्वारेन्टाइन, आवतजावतमा पूर्ण रूपमा रोक लगाएर निर्माणको कामलाई जारी राखिएको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । मुनर्कीका अनुसार बन्दाबन्दीकै समयमा करिब चार प्रतिशत काम सम्पन्न भएको र कुल भौतिक निर्माणको प्रगति ५९ प्रतिशत र वित्तीय प्रगति ४५ प्रतिशत रहेको छ ।

आयोजना स्थलमा २७१ जना चिनियाँ र १०० नेपाली कामदारले निरन्तर काम गरिरहे पनि विमानस्थलका लागि आवश्यक निर्माण सामग्री केही कलकत्ता बन्दरगाह, केही केरुङ नाका र केही चीनमा नै रोकिएकाले जनशक्ति हुँदाहुँदै पनि द्रुत गतिमा काम गर्न नसकिएको मुनकर्मीले बताए ।

विमानस्थलको दुई हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको रनवे, ट्याक्सी वे, आन्तरिक तथा बाह्य एप्रोन, टर्मिनल भवन, टावर, अध्यागमन, भन्सार, ह्याङ्गर, कार्गो, प्रशासनिक भवन, अग्नि नियन्त्रण, क्वारेन्टाइन, उद्धार कक्ष भवन निर्माण भइसकेको र मुख्य सडक नालालगायतका निर्माणको काम भइरहेको छ ।

बन्दाबन्दीको अवस्था नआएको र निर्माण सामग्री आयात गर्न सकेको भए हालसम्म ७० प्रतिशत निर्माणको काम सकिने भए पनि विमानस्थलमा आवश्यक प्राविधिक कामका लागि जनशक्ति, सामान आयात र कामदार व्यवस्थापन गर्न सके समयमै आयोजना सम्पन्न गरिने आयोजना प्रमुख मुनकर्मीले बताउनुभयो ।,आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top