क्वारेन्टिन र होल्डिङ सेन्टरका लागि स्थानीय तहलाई रकम निकासा

२ असार ७७, बुधबार

३ असार, काठमाडौं ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्वारेन्टिन र होल्डिङ सेन्टरका लागि स्थानीय तहलाई रकम निकासा गरेको छ । मन्त्रालयले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थानीय तहले स्थापना तथा व्यवस्थापन गरी सञ्चालनमा रहेका क्वारेन्टिन र होल्डिङ सेन्टरका लागि रकम निकास गरेको हो ।

मन्त्रालयले १७६ स्थानीय तह र स्थलमार्गबाट आउने नाका अन्तर्गतका २० वटा स्थानीय तहमा बन्ने होल्डिङ सेन्टरका लागि रकम निकासा गरिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारले जानकारी दिए । उनका अनुसार क्वारेन्टिनका लागि १७६ स्थानीय तहलाई रु १३ करोड २२ लाख ५६ हजार ८२५ र २० वटा होल्डिङ सेन्टरका लागि रु दुई करोड ७७ लाख २३ हजार निकासा गरिएको छ ।

Advertisement

यसरी निकासा गरिएको रकम स्थानीय तहले क्वारेन्टिनमा बसेका व्यक्तिको बसोवास, बन्दोबस्त र खानपिनको व्यवस्था गर्न र आवश्कता अनुसार स्वास्थ्य परीक्षण गर्नका लागि खर्च गर्ने छन् । प्रवक्ता अधिकारीले कोभिड व्यवस्थापन सूचना प्रणालीमा पठाएको विवरणअनुसार १७६ स्थानीय तहलाई रकम पठाइएको बताए । भारतबाट स्थलमार्ग हुँदै २० वटा नाकाबाट नेपाल प्रवेश गरेका व्यक्तिलाई राख्न होल्डिङ सेन्टर स्थापनाका लागि उक्त रकम पठाइएको हो ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top