×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

लद्दाख घटनाबारे मोदीले भने-भारत जवाफ दिन तयार छ

३ असार २०७७

३ असार, नयाँ दिल्ली ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहिदहरुको बलिदान खेर जान नदिने बताएका छन् । लद्दाखको गलवान उपत्यकामा सोमबार राति बीस जना भारतीय सैनिकको ज्यान जाने गरी भएको हिंसात्मक झडपप्रति प्रतिक्रिया दिँदै मोदीले यस्तो बताएका हुन् । उनले भारत शान्तिको पक्षमा रहेकातर, उक्साएको खन्डमा उचित जवाफ दिन सक्षम रहेको पनि बताए ।

बुधबार कोरोना भाइरसका विषयमा भारतका मुख्यमन्त्रीहरुसितको बैठकको सुरुमा उनले लद्दाखमा भारत-चीन सीमा विवादका विषयमा बोलेका हुन् । उनले सीमामा मारिएका आफ्ना सैनिकको शहादत व्यर्थ नजाने बताए । उनले भने- ‘देशको सेवाका लागि सैनिकहरुको महान् बलिदानका लागि नमन गर्छु । आज पूरा देश तपाईंहरुसँग छ र पूरै देशको भावना तपाईंहरुसँग छ । सहिदको बलिदान खेर जान दिने छैनौं । म पूरै देशलाई भरोसा दिलाउन चाहन्छु, हाम्रा जवानहरुको बलिदान खेर जान छैन । ’

Advertisement
Advertisement

भारतीय र चिनियाँ सैनिकहरुबीच भएको झडपमा २० जना भारतीय सैनिकहरुको मृत्यु भएको थियो । भारत र चीनबीच विगत एक महिनादेखि कायम रहेको तनाव बढ्दै गएर सोमबार साँझ हिंसात्मक झडपको रुप लिएको थियो । प्रधानमन्त्री मोदीले भारतले कहिले-कसैलाई नउक्साएको भन्दै आफूहरु आफ्नो देशको अखन्डता र सम्प्रभुताका विषयमा सम्झौता पनि नगर्ने स्पस्ट पारे । उनले आफ्नो स्वाभिमान र एक इन्च जमिनको पनि रक्षा गर्ने उल्लेख गरे ।

त्यसैगरी भारतले छिमेकीहरुसँग सँधै नै समझदारीपूणर् र शान्तिपूणर् तरिकाले मिलेर काम गर्दै आएको र छिमेकीको विकास र शान्तिको कामना गर्ने गरेको समेत मोदीले उल्लेख गरेका छन् । साथै उनले छिमेकबीच मतभेद भए पनि त्यो विवादमा परिणत नहोस् भन्ने भारतको चाहनासमेत रहेको बताएका छन् । उनले भने- ‘भारतले कसैलाई उक्साउने गरेको छैन, तर देशको अखण्डता र सम्प्रुभतामा सम्झौता भने कहिल्यै गर्ने छैन । जहिले पनि आफ्नो देशको अखण्डता र संप्रभुताको रक्षा गर्नुपर्ने अवस्था आएको छ भारतले सँधै आफ्नो शक्ति प्रदर्शन गर्दै क्षमता सावित गरेको छ । यस विषयमा कसैलाई थोरै पनि भ्रम र सन्देह नहोस् ’

त्यसक्रममा उनले लद्दाखस्थित भारत-चीन सीमाको गलवान उपत्यकामा मारिएका आफ्ना सैनिकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । दुई मिनेटको मौन धारण समेत गरिएको थियो ।

यसैबीच, बुधबार अपराह्न भारतका विदेशमन्त्री एस जयशंकरले चीनका विदेशमन्त्री वाङ यीसित सीमामा भएको तनावका विषयमा टेलिफोनमा कुराकानी गरेका छन् ।

Advertisement

घटनाबारे चीनले गलवान उपत्यकामा भएको घटनामा आफू जिम्मेवार नभएको र भारतकै कारण झडप भएको प्रतिक्रिया दिएको थियो ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top