दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(भयावह बन्दै कोरोना)
कैलालीमा थप दुईजना कोरोना संक्रमितको मृत्युभएसंगै मृतकको संख्या २२ पुग्यो /विहिबार अहिलेसम्मकै उच्च ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि /कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पूग्यो /११ सय ८६ जना निको भए ।

२.(परीक्षण र उपचार)
पीसीआरबाट १ लाख ५५ हजार ५ सय १८ र आरडिटीबाट २ लाख ४३ हजार ७५ वटा नमुना परीक्षण /हालसम्म देशभर १ लाख १६ हजार २ सय १५ जना क्वारेन्टीनमा /६ हजार ६ सय ४८ आइसोलेसनमा ।

३.(प्रर्दशनकारीलाई जवाफ)
कोरोना नियन्त्रणका लागि भएको खर्चको हिसाब माग्दै सडकमा प्रदर्शन गर्नेहरूलाई संसदबाट प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ /महामारीको अवस्थामा काम गरिरहेका निकाय र व्यक्तिको प्रशंसा गर्नुको साटो भ्रष्टाचारको आरोप लगाएर निरुत्साहित पार्न खोजिएको उल्लेख ।

४.(प्रधानमन्त्रीको विशेषज्ञता)
नेपालमा कोरोनाका कारण बढीमा ३ जनाको मात्रै मृत्यु भएको प्रधानमन्त्री ओलीको भनाई /बाहिरबाट भन्न सजिलो भएपनि लाखौंको परीक्षण र क्वारेन्टाइन व्यवस्थापन गर्न गाह्रो रहेको उल्लेख ।

५.(संविधानमा बस्यो नयाँ नक्सा)

प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट सर्वसम्मत पारित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रमाणीकरण / राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै उक्त विधेयक अब संविधानको अंग बन्यो ।

६.(हेपाहा भारत)
भारतले नेपालमाथि हेपाहा प्रवृत्ति देखाई वार्तामा बस्न नचाहेको राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठको भनाई / भारतले नेपालको भूभाग समेट्न हुने तर तेपालले संविधान संशोधन गर्दा वार्ताको वातावरण विग्रिएको भन्नु हेपाहा प्रवृत्ति भएको दाबी ।

७.(दम्ब स्वीकार्य छैन)
भारतले ‘बडे भाइ’को दम्ब त्यागेमात्रै दुई देशको सम्बन्ध सुमधुर हुने राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईको भनाई /महाकाली सन्धीको गलत अर्थ लगाइएको र सबै असमान सन्धि सम्झौता पुनरावलोकन गर्न अब भारत तयार हुनुपर्ने उल्लेख ।

८.(हैसियत बराबर)
भारतसँग वार्ताको समान हैसियत कायम गर्न संविधान संशोधन आवश्यक रहेको नेपाली कांग्रेस सांसद राधेश्याम अधिकारीको भनाई / नेपालको मुल लक्ष्य कालापानीबाट भारतीय सेना फिर्ता गरी नेपालको शासन लागू गर्नु रहेको उल्लेख ।

९.(दिनानाथको दनक)
भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने नेकपाका सांसद दिनानाथ शर्माको भनाइ /भारतले नेपालसँग जोलिबेटी र डोलिबेटीको सम्बन्ध चाहन्छ भने नेपालबाट लुटिएको दार्जिलिङ र काँगडा फिर्ता दिनुपर्ने दाबी ।

१०.(ज्ञानेन्दको ज्ञान)
एमसीसी परियोजनालाई सत्तारुढ दलका नेताहरुले राष्ट्रघाति भन्नु दुःखद भएको नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीको भनाई /अमेरिकी सेना नेपाल आउँछ भन्ने भ्रम छरिएको भन्दै दुःख व्यक्त ।

११.(कसले गर्याे हमला ?)
सरकारका हातखुट्टा बाँधेर चौतर्फी हमला भइरहेको प्रतिनिधिसभा सांसद खगराज अधिकारीको भनाई / पीसीआर परीक्षणको दायरामा तिव्रता र क्वारेन्टाइनमा रहेका गर्भवती र सुत्केरी महिलाहरुको समस्या समाधानका लागि गम्भिर हुन सरकारलाई आग्रह ।

१२.(राजनीतिक रङ)
चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा सत्तारूढ नेकपाको भातृ विद्यार्थी संगठन अनेरास्ववियूद्वारा तालाबन्दी /बरिष्ठता मिचेर राजनीतिक पहुँचकै आधारमा डाक्टर दिव्यासिंह शाहलाई आइओएमको डिन नियुक्त गरिएकोमा विरोध ।

१३.(घर भित्रिनेको चटारो)
ओमानबाट १ सय ४७ जना नेपाली काठमाण्डौ आइपुगे /अब ओमानबाट आवश्यक परे मात्रै थप उडान भर्ने नेपाली राजदूतावासको भनाई /साउदीबाट असार ७ मा नेपाल एअरलाइन्समार्फत ४ सय ४५ जना स्वदेश फर्कने ।

१४.(नेपालीको घर फिर्ती)
कुवतेबाट आममाफीमा सहभागी १ सय ५० जना नेपाली पनि काठमाण्डौ आइपुगे / मलेसियाबाट पनि ११७ नेपालीहरु स्वदेश फर्किए । बहराइनबाट आगामी २५ जुनमा दोस्रो उद्दार उडानमार्फत २ सय ९१ जना नेपालीहरु स्वदेश फर्किने ।

र,

१५.(आजको विश्व)
विश्वव्यापी कोभिड १९ महामारीका कारण हालसम्म ८४ लाख २८ हजार बढी संक्रमित /४ लाख ५१ हजार बढीको मृत्यु/४४ लाख ३६ हजार बढी संक्रमित उपचार पछि निको भए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top