संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण, संविधानमा बस्यो नयाँ नक्सा

४ असार, काठमाडाैँ ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छिन् । यसअघि उक्त विधेयक दुबै सदनबाट सर्वसम्मतिले पारित भएको थियो ।

सभामुख अग्‍निप्रसाद सापकोटाले बिहीबार प्रमाणित गरेर उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएका थिए । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम उनले प्रमाणीकरण गरेकी हुन्।

Advertisement

याे सँगै नेपालका नयाँ नक्साले संवैधानिक मान्यता पाएकाे छ । विधेयक राजपत्रमा पनि प्रकाशित हुनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top