सिन्धुपाल्चोकमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, कुवेतबाट आएका ९ महिला पनि संक्रमित

५ असार, काठमाडौं । सिन्धुपाल्चोकमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

मेलम्ची नगरपालिकास्थित रिभर साइड र बाहुनेपाटीको क्वारेन्टाइनमा राखिएका १८ जनालाई कोरोना संक्रमण भएको हो ।

यो सँगै सिन्धुपाल्चोकमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अनुसार गएराति आएको रिपोर्टमा १८ जनाको पिसीआर पोजेटिभ देखिएको हो ।

Advertisement

उनीहरुमध्ये ९ जना महिला, सातजना पुरुष रहेका छन् । कुवेतबाट आएका १० महिलामध्ये ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै दोलखाबाट आएका पाँच पुरुष र भोजपुरबाट आएका चार पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

Advertisement

उनीहरु १८ देखि ४१ वर्ष उमेर समुहका छन् । यसअघि इन्द्रावतीका दुई, पाँचपोखरीका दुई र बाह्रबिसे नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको थियो ।

जसमध्ये एकजनमाको मृत्यु भएको छ, भने एकजना निको भएर घर फर्केका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top