योगेन्द्र योगी
६ असार, दोहा ।
कतारको नासर अल अली इन्टरप्राइसेस कम्पनीले विगत एक दशकदेखि कतारमा इमान्दारीपूर्वक काम गरेको भन्दै दुई जना नेपाली कामदारलाई जनही १५ हजार कतारी रियाल पुरस्कार प्रदान गरेको छ ।
कम्पनीले नुनबहादुर दर्जी र रामशंकर दास बनोधियालाई नगद प्रदान गरेको हो । उनीहरुलाई नासर अल अली इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीले पुरस्कार वापतको रकम प्रदान गरेका थिए ।
पुरस्कार पाउने दर्जी नासर अल अली इन्टरप्राइसेस कम्पनीमा कन्स्टक्सनमा काम गर्न नेपालबाट २००९ मा आएका थिए । उनले पछि राम्रो काम गर्दै गएपछि ट्रेड वर्कर भए । अहिले कार्पेन्टर मेसनरीदेखि सवै काम सिकिसकेका छन् ।
त्यस्तै रामशंकले पनि कम्पनीमा १२ वर्ष विताइसकेका छन । पुरस्कार पाउदा उनी पनि खुसी छन् । उनले बैदेशिक रोजगारबाट कमाएको पैसाले परिवारको आवश्यकता पुरा गर्नुका साथै शिक्षामा समेत खर्च गरेको जानकारी दिए ।
कम्पनीले बेलाबेलामा कम्पनीमा कार्यरत कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र दिने गरेको छ ।