विदेशमा अलपत्रहरूकाे निःशुल्क उद्धार कार्यविधि बनाउँदै सरकार

काठमाडौँ : सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेर पनि खर्चको अभावले स्वदेश फर्किन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन कार्यविधि बनाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिएर गएका तर कोरोनाका कारण रोजगारी गुमाएर बेचर्खी भएका नेपाली श्रमिकलाई उद्धार गर्न कार्यविधि बनाउन थालेको हो ।

सर्वोच्च अदालतले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करार अवधि नपुगी फर्किन बाध्य भएका, गन्तव्य मुलुक वा रोजगारदाताबाट टिकट प्राप्त गर्न सक्ने अवस्थामा रहेका व्यक्तिमध्येबाट पनि पैसाकै अभावले स्वदेश फर्किन नसक्नेलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट फर्काउन आदेश दिएपछि मन्त्रालयले कार्यविधि बताउन तयारी गरेको हो । यसअघि सरकारले विदेशमा अलपत्र परेका श्रमिकलाई हवाई भाडा तिराएर चार्टर्ड उडानमार्फत स्वदेश फर्काउने निर्णयबमोजिम श्रमिक स्वदेश ल्याउने कार्य भइरहेको छ ।

आफ्नो खर्चमा स्वदेश फर्किन नसक्ने श्रमिकलाई फर्काउनु भन्ने सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि मन्त्रालयले सम्बन्धित सरोकारवाला निकायसँग छलफल गरेर कार्यविधि बनाउन लागेको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताउनुभयो । उहाँले कार्यविधि बनाई कार्यान्वयनका लागि सक्दो छिटो परराष्ट्र मन्त्रालय र सम्बन्धित दूतावासलाई परिपत्र गरिने जानकारी दिनुभयो । उहाँले अबको एक साताभित्र कार्यविधि ल्याउनेगरी काम भइरहेको जानकारी दिनुभयो ।

श्रमिकले आफ्नै खर्चमा स्वदेश फर्किनुपर्ने सरकारी निर्णयको विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि सर्वोच्च अदालतले नेपाल सरकारको नाममा असार १ गते अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतले रोजगारीको प्रकृति, आयस्रोत समेतका कारण आफ्नो खर्चमा स्वदेश फर्कन नसक्ने अवस्था भई अलपत्रमा परेका वा सम्बन्धित देशमा रहेको नेपाली कूटनीतिक नियोग वा श्रम सहचारीबाट उद्धार गर्नुपर्ने अवस्थामा रहेका व्यक्ति भनी प्रमाणित भएका श्रमिकलाई नेपाल ल्याई गन्तव्य स्थानसम्म पु¥याउन आदेश जारी गरेको छ ।, याे खबर गाेरखापत्र दैनिकमा छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top