साउदीको दमामबाट आज हुने भनिएको उडान स्थगित

योगेन्द्र योगी
६ असार, दोहा ।

Advertisement

कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्तीको लागि आज शनिबार तय भएको साउदीको दमामबाट काठमाडौंको लागि हुने भनिएको हिमालय एयरलाइन्सको दोस्रो उडानको तालिका परिवर्तन भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले दिएको जानकारी अनुसार नेपाल एयरलाइन्सले प्राविधिक कारण भन्दै जुन २० तारिख शनिबार उडान भर्न नसक्ने जनाएपछि उडान तालिका परिवर्तन गरिएको जनाएको छ ।

Advertisement

शनिबार स्थागित भएको चार्टरउडान जुन २३ तारिखमा हुने भएको दूतावासले जनाएको छ । बिहीबार भएको पहिलो चार्टर उडानबाट १५३ जना नेपाली स्वदेश फर्केका थिए ।

दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ । रियादस्थित नेपाली दूताबास र जेद्दास्थित महावाणिज्य दूतावासबाट १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भरेको दूताबासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top