×

NEPAL TIMES UPDATES

Playing
आज चीनबाट अमेरिका फर्किदै ट्रम्प, सीले दिनेछन् यस्तो उपहार|| Nepal Times
May 15, 2026
Playing
हर्कले प्रधानमन्त्री बालेनको राजीनामा मागे, किन यति रुष्ट हर्क ?|| Nepal Times
May 15, 2026
Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026

व्यास नगरपालिकाद्वारा कोभिड–१९ को नियन्त्रणमा एक करोड खर्च

६ असार २०७७

६ असार, तनहुँ ।
तनहुँको व्यास नगरपालिकाले कोभिड–१९ को नियन्त्रण, राहत वितरण र क्वारेन्टिन व्यवस्थापनका लागि रु एक करोडभन्दा बढी खर्च भएको जनाएको छ ।

कोभिड–१९ र बन्दाबन्दीबाट प्रभावित परिवारलाई राहत वितरण, क्वारेन्टिन व्यवस्थापन र उपकरण खरिदसमेतमा गरी रु एक करोड २७ लाख ४३ हजार ४४२ खर्च भएको नगरपालिकाले जनाएको छ ।

Advertisement
Advertisement

नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले नगरपालिकाको कोषमा नगरपालिकाबाट विनियोजित रु ६३ लाख र विभिन्न सङ्घसंस्था, व्यक्तिगत एवं शिक्षक कर्मचारीबाट रु ६७ लाख ७१ हजार ७०८ प्राप्त भएको थियो । नगरपालिकाको शुक्रबार बसेको बैठकले आइसोलेसन अस्पताल र क्वारेन्टिन व्यवस्थापनका लागि रु ७० लाख बजेट विविध शीर्षकबाट रकमानान्तर गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले आइसोलेसन अस्पताल निर्माणको तयारी थालेको छ । आइसोलेसन अस्पताल बनाउन व्यास नगरपालिका–१ स्थित क्षेत्री समाजको भवन उपलब्ध गराउन माग गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

“दमौली अस्पतालले क्रियापुत्री भवनमा बनाएको आइसोलेसन कक्ष भरिएपछि थप आइसोलेसन कक्ष बनाउनुपर्ने देखिएको छ”, उनले भने, “क्षेत्री समाजको भवन आइसोलेसन कक्षका लागि उपयुक्त देखिएकाले उक्त भवन आइसोलेसन कक्ष बनाउन माग गरेका छौँ ।”

बैठकले व्यास नगरपालिकामा बसोबास गर्ने मिर्गौलाका बिरामीलाई डायलासिस गर्दा प्रत्येक पटक रु एक हजार यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको छ । व्यास नगरपालिकाभित्र बसोबास गर्ने मिर्गौलाका बिरामीले दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलासिस गराउनुपर्ने हुन्छ ।

सार्वजनिक सवारीसाधन नचलेका कारण मिर्गौलाका बिरामीले सवारीसाधन रिजर्भ गरेर डायलासिस गराउन आउनुपर्ने बाध्यता रहेको छ । नगर प्रवक्ता श्रेष्ठका अनुसार विपन्न परिवारका महिला सुत्केरी भएमा रु तीन हजार पोषण खर्च उपलब्ध गराउने निर्णय भएको छ ।

Advertisement
Advertisement

बैठकमा व्यास नगरपालिकाको ३३ औँ नगरसभामा पेश हुने नीति तथा कार्यक्रम, बजेट कार्यक्रम र आर्थिक ऐन २०७७ पेश भई छलफल गरिएको छ । विभिन्न सुझावलाई समावेश गरी असार ८ गते हुने बैठकमा पेश गर्न राजस्व परामर्श समिति र बजेट तर्जुमा समितिलाई जिम्मेवारी तोक्ने निर्णय भएको छ ।(रासस)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top