लगानी बोर्डको सीईओको लागि आवेदन खुला, यस्ता छन् योग्यता

५ असार ७७, शनिबार

६ असार, काठमाडौं ।
लगानी बोर्ड नेपालले प्रमुख कार्यकारी अधिकृत सीईओको लागि आवेदन खुला गरेको छ ।

बोर्डका सीईओ महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त भएपछि बोर्ड सीईओबिहीन अवस्थामा छ । बोर्डले सूचना निकालेर प्रतिष्पर्धात्मक ढंगले सीईओ नियुक्ती हुने भएकाले १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा निवेदन दिन आग्रह गरेको छ ।

सार्वजनिक नीजि साझेदारी तथा लगानी ऐन २०७५ मा उल्लेख भएका व्यक्तिले मात्रै सीईओ पदको लागि आवेदन दिन पाउनेछन् । आवेदनको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानुन, इन्जिनियरिङ वा विकाससँग सम्बन्धित विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । यस्तै परियोजना विकास, सार्वजनिक

Advertisement

खरिद, सार्वजनिक–नीजि साझेदारी, लगानी प्रवर्द्धन, विकास, प्रशासन, बैंक, वित्तीय क्षेत्र र औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तिमा १० वर्ष अनुभव भएको नेपाली हुनुपर्ने ऐनमा उल्लेख छ । तर भ्रष्टाचार, चोरी, मानव बेचविखन, जवरजस्ती करणी लगायतका नैतिक पतन देखिने र फौजदारी अभियोगमा अदालतबाट कसुर ठहरिएको व्यक्ति सीईओको दावेदार बन्न अयोग्य हुनेछ ।

३५ वर्ष पूरा भएको र ६५ वर्ष ननाघेकोले मात्रै आवेदन दिन पाउनेछन् । बोर्डको सीईओ नियुक्तीको लागि बोर्डको उपाध्यक्षको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल सरकारले तोकेको विज्ञ रहेको समिति आवदेनहरुबाट तीन जनामध्ये एक जनाको नाम सिफारिस गर्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top