रौतहटमा थप ४० जना संक्रमण मुक्त

६ असार ७७, आइतबार

७ असार, रौतहट ।
रौतहटमा कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार साँझ थप ४० जना घर फर्किएका छन् ।

योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ सय ७२ पुगेको छ । जिल्लामा कुल संक्रमितको संख्या भने १ हजार ९४ जना पुगेको छ । ति मध्ये अहिले पनि ७ सय २२ जनाको विभिन्न स्थानमा रहेको आइसोलेसनमा उपचार भइरहेको छ ।

गौर नगरपालिकाको गौर नसिङ्ग इन्स्टिच्युटको आइसोलेनबाट विभिन्न नगरपालीकाका ३९ जना पुरुष र १ जना महिला संक्रमण निको भएर घर फर्केको जिल्ला अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन डा. कृष्ण साहले बताए । घर फर्केनेमा २ जना बालबालिका पनि छन् । उनीहरुमा संक्रमण भने थिएन ।

अभिभावकबाट अलग राख्न नसक्ने भएकाले सँगै आइसोलेसनमा राखिएको डा. साहले बताए । बालबालीकाको पनि पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ । आइसोलेसनबाट डिस्चार्ज गरिएका ४० जनाको हेंटौडास्थित प्रयोगशालामा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

त्यहाँ रहेका सबै घर फर्किपछि आइसोलेसन खाली भएको छ । दुई दिन अघि जिल्लाको परोहा नगरपालिकाले स्थापना गरेको आइसोलेसन बसेका ६१ जना र राजपुरमा रहेको आइसोलेसनबाट ७६ जना संक्रमित निको भएर घर फर्केका थिए । उनीहरुको पीसीआर परीक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।

जिल्लाको गरुडा नगरपालिकामा रहेको प्रहरी विद्यालयको आइसोलेसनबाट १ सय १० संक्रमित निको भएर घर फर्किसकेका छन् । अहिले विभिन्न क्वारेन्टाइनहरुमा १ हजार ९ सयलाई राखिको छ । उनीहरुको स्वाबको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासनका सुब्बा रामनरेश साहले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top