पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजारमा कोरोना संक्रमण, ब्राजिलमा मात्रै ५४ हजार ७७१ संक्रमित

८ असार, विराटनगर ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्मकै बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डब्लूएचओका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये सबैभन्दा बढी ब्राजिलमा ५४ हजार ७ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न देशहरुले परीक्षणको दायरा बढाएको र केही ठाउँमा व्यापक रुपमा संक्रमण भएकाले संक्रमितको संख्या ह्वात्तै बढेको जनस्वास्थ्यविद्हरुले बताएका छन् । अर्थतन्त्र र दैनिक जीवन चौपट भएको भन्दै विभिन्न देशहरुले लामो समयदेखि कायम रहेको लकडाउनलाई खुकुलो बनाउँदै लगेका छन् ।

Advertisement

सोमबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८९ लाख २९ हजारभन्दा बढी पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये ४४ लाख १९ हजारभन्दा बढी निको भएका छन् भने ४ लाख ६७ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । सोमबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख ७९ हजारभन्दा बढी पुगेको छ । त्यस्तै अमेरिकामा हालसम्म करिब एक लाख २० हजारको मृत्यु भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये अमेरिकामा ६ लाख २२ हजारभन्दा बढी निको भएका छन् । अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा १० लाख ८३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ब्राजिलमा संक्रमण पुष्टि भएका मध्ये ५० हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ भने ५ लाख ८८ हजारभन्दा बढी निको भएका छन् ।

त्यस्तै रुसमा ५ लाख ८३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । रुसमा कोरोना संक्रमणबाट करिब ८ हजार १ सयको मृत्यु भएको छ भने ३ लाख ३९ हजारभन्दा बढी निको भएका छन् ।

त्यस्तै संक्रमणका हिसाबले चौथो स्थानमा रहेको भारतमा अहिलेसम्म ४ लाख १० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट १३ हजार २ सय ५४ जनाको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये २ लाख २७ हजारभन्दा निको भएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top