भारतमा कोरोना भयावहः संक्रमित र मृत्यु संख्या दुवैमा नयाँ रेकर्ड

८ असार, एजेन्सी ।
कोरोना संक्रमणको सबैभन्दा खराव सूचीमा भारत चौथो स्थानमा कायम छ ।

संक्रमित र त्यसबाट मृत्यु हुने संख्या दुवैका आधारमा भारतको अवस्था थप नाजुक बन्दै गएको छ। आइतवार लगातार दोस्रो पटक १५ हजार भन्दा धेरै कोभिड १९ का संक्रमित थपिएका छन् भने ४ सय भन्दा धेरै मानिसले ज्यान गुमाएका छन्।

हिजो एकै दिन भारतमा १५ हजार ३ सय ७२ कोरोनाका नयाँ संक्रमित भेटिएका हुन्। यससँगै भारतमा संक्रमितको संख्या ४ लाख २६ हजार ३ सय ९७ पुगेको छ। साथै एकै दिन कोरोना संक्रमितको मृत्यु संख्या पनि ४ सय २३ पुगेको छ। यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार ६ सय ९५ पुगेको छ।

Advertisement

संक्रमित र मृत्यु दुवैका महाराष्ट्रमा अध्याधिक बढेको हो। त्यहाँ ३ हजार ८ सय ७० नयाँ संक्रमित थपिए। भारतको कोरोनाको इपिसेन्टर मानिएको महाराष्ट्रमा १ लाख ३२ हजार ७५ जना संक्रमित छन्। हिजो त्यहाँमात्रै १ सय ८६ जनाको मृत्यु भएको छ। महाराष्ट्रमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ हजार १ सय ७० पुगेको छ।

दिल्लीमा ३ हजार नयाँ संक्रमित थपिएका छन् भने त्यहाँ ६३ जनाको मृत्यु भएको छ। दिल्लीमा संक्रमित संख्या ५९ हजार ७ सय ४६ पुगेको छ भने मृत्यु हुनेको संख्या २ हजार १ सय ७५ पुगेको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top