झापा र सुनसरीबाट लागुऔषध सहित ५ जना पक्राउ

७ असार ७७, सोमबार

८ असार, विराटनगर ।
झापाको कमल गाउँपपालिका–५ स्थित पाडाजुंगी गौरीगंज सडकखण्डबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा खयरवारीका २१ बर्षीय सेरा अली, सोही स्थानका २३ बर्षिय अन्नत प्रसाद गणेश र कमल गाउँपपालिका–५ का २० बर्षिय दिपेश थापा रहेका छन् । उनिहरुलाई हिजो बेलुका ५ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाईकलमा आएका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट प्लाष्टिकको पोकामा लुकाई राखिएको २८ ग्राम ९७ मिलिग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर बरामद गरिएको हो । साथै निजहरुको साथबाट नगद ६ हजार रुपैया, २ थान मोबाईल र उनिहरु सवार दुई वटा पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसै गरी सुनसरीको बराहक्षेत्र–८ शेरे चौकबाट लागुऔषध सहित दुई जनालाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–७ पिपलगाछीका २१ बर्षीय अनिल धामी र धरान–१७ का २२ बर्षीय विशाल भुजेल रहेका छन ।

मोटरसाईकलमा आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट DIAZALAB– ११, एम्पुल, AVIL– ११ एम्पुल र LUPIGESIC–११ एम्पुल लागुऔषध बरामद भएको हो । साथै उनिहरु सवार १ थान पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top