भारतका रक्षामन्त्री राजनाथ सिंह रुस प्रस्थान

८ असार, नयाँ दिल्ली ।
भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गरेकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्नका लागि उनी त्यसतर्फ प्रस्थान गरेकाे बताइएको छ ।

उनी तीन दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी रुसको राजधानी मस्कोमा आयोजना हुने दोस्रो विश्व युद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा आयोजना हुने सैनिक परेडमा पनि सहभागी हुने बताइएको छ ।

हालैमा चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवानमा चिनियाँ सेनाको आक्रमणमा २० जना भारतीय सैनिक माारिएका थिए । चीन र भारतबीचको यो विवादपछि भारतका रक्षामन्त्री सिंहको यो भ्रमण हुन लागेको छ । आफू रुसमा रहँदा त्यहाँका रक्षामन्त्रीसँग प्रतिरक्षा विषयमा वार्ता हुने जानकारी उनले दिएका थपए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top