×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

प्रदेश ५ मा सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक

२९ चैत्र २०७४

रुपन्देही, २९ चैत ः प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभासामु सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक गरेका छन् ।

प्रदेशसभा बैठकमा स्थितिपत्र सार्वजनिक गर्दै उनले प्रदेश नं ५ मा २६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको जानकारी दिए ।

Advertisement

बाह्र जिल्ला रहेको यस प्रदेशमा समृद्धिका आधार र चुनौतीसमेत केलाउँदै मुख्यमन्त्री पोखरेलले चुनौतीको सामनापछि नमूनायोग्य प्रदेशका रुपमा रुपान्तरण गर्न सकिने विश्वास व्यक्त गरे ।

उनले भने, “तराईका जिल्लाको उर्वरभूमि यस प्रदेशमा रहेकाले भरपर्दो सिँचाइको व्यवस्था भए त्यसबाट उल्लेखनीय परिवर्तन गर्न सकिन्छ ।”

मुख्यमन्त्री पोखरेलले अव्यवस्थित जग्गा प्लटिङको शृङ्खलाले भूमिको खण्डीकरण भइरहेकामा चिन्ता व्यक्त गर्दै पहाडी क्षेत्रमा कृषियोग्य भूमि बाँझो अवस्थामा रहेको बताए ।

खुला सिमानाका कारण भारतबाट आउने कृषि उपजले स्वदेशमै उत्पादन हुने कृषि उपजलाई विस्थापन गरिरहेको सन्दर्भ अघि सार्दै उनले सहकारीको व्यवस्थापन र भौतिक पूर्वाधारको अभाव चुनौतीका रुपमा रहेको बताए ।

एकसय नौ स्थानीय तह भएको प्रदेश नं ५ मा चार उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका रहेका छन् ।

तराई क्षेत्रसमेत रहेको यस प्रदेशमा सात हजार उचाइका हिमालसमेत रहेको छ । रुकुम हिमाली जिल्लाका रुपमा रहेको छ ।

पन्चानब्बे जातजाति रहेको यस प्रदेशमा ४४ लाख ५८ हजार २५३ जनसङ्ख्या रहेको छ जहाँ ५२.४३ प्रतिशत महिला र ४७.५७ प्रतिशत पुरुष रहेका छन् ।

स्थितिपत्रमा उल्लेख भएअनुसार रु दुई सय १० अर्ब बराबरको गार्हस्थ्य उत्पादन हुने यस प्रदेशमा ४६.५ प्रतिशत कृषि क्षेत्रको योगदान रहेको छ ।

यो प्रदेश दाल र तेलहनमा पहिलो स्थानमा रहेको छ भने माछा उत्पादनमा दोस्रो स्थानमा रहेको छ । खाद्यान्न उत्पादन गरेर निर्यात गर्न सक्ने अवस्थामा पनि त्यत्तिकै रहेको छ ।

Advertisement

शिक्षा, स्वास्थ्य, खानेपानी, शौचालयलगायतका सामाजिक तथा आर्थिक विकासका सूचकाङ्कहरु पनि स्थितिपत्रमा समेटिएका छन् ।
रासस

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top