उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ बन्ने

८ असार ७७, मंगलबार

काठमाडौं :  सवारी व्यवस्थापन गर्न काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने भएको छ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न ती फ्लाई ओभर बन्न लागेका हुन् ।

Advertisement

‘फ्लाई ओभर’ निर्माणको सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन प्रक्रिया अन्तिम चरणमा रहेकोे सडक विभागले जनाएको छ । विभागका अनुसार साउनभित्र परामर्शदाता कम्पनी चयन भई सम्झौता सम्पन्न हुनेछ ।

चक्रपथको कोटेश्वर–कलङ्की खण्डको एकान्तकुना, ग्वार्को तथा सातदोबाटो र चापागाउँ चोकलाई जोडेर ‘फ्लाई ओभर’ निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको सडक विभाग, गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक शिव नेपालले जानकारी दिए।

Advertisement

चक्रपथमा ‘फ्लाई ओभर’ निर्माणनिम्ति सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन गर्न बोलपत्र आह्वान भई छनोट प्रक्रिया अन्तिम चरणमा छ । निर्देशक नेपालले भन्नुभयो, “साउनभित्र परामर्शदाता कम्पनीसँग सम्झौता भइसक्छ ।” ,यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top