मीनेन्द्र रिजालको प्रश्नः के बजेट खर्च गर्ने ठाउँ नपाएर प्रधानमन्त्रीका लागि ५ करोडको गाडि खरिद गर्न लागेको हो ?

मीनेन्द्र रिजालको प्रश्नः के बजेट खर्च गर्ने ठाउँ नपाएर प्रधानमन्त्रीका लागि ५ करोडको गाडि खरिद गर्न लागेको हो ?

९ असार, काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले कोरोना महामारीका बीच सरकारले प्रधानमन्त्रीका लागि गाडी खरिद प्रक्रिया अगाडि बढाएकोमा गृहमन्त्रीको जवाफ मागेका छन्।

मंगलबार प्रतिनिधिसभा संसद बैठकमा धारणा राख्दै सांसद रिजालले प्रधानमन्त्रीका लागि सुरक्षा सर्भिलेन्ससहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढेकोमा गृहमन्त्रीको जवाफ मागेका हुन्। गाडी खरिद प्रक्रिया फागुनदेखि रोकिएकोमा हालै नेपाल प्रहरीले अगाडि बढाएको खबर सञ्चारमाध्यममा आएको सांसद रिजालको भनाइ छ।

‘असार ३ देखि नेपाल प्रहरीले गाडी खरिद प्रक्रिया अगाडि बढाएको खबर एक राष्ट्रिय दैनिकमा आएको छ, गृहमन्त्रीजी के यो साँचो हो?,’ सांसद रिजालले प्रश्न गरे। रिजालले बजेट खर्च गर्ने ठाउँ नपाएर गाडि खरिद गर्न लागेको हो भन्दै प्रश्न पनि गरेका छन्।

‘कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाइएला भन्ने डरले उल्फाको धनझैं फलुज खर्च गर्न सरकारी तयारी हो? यो जवाफ पाउँ,’ उनले भने। रिजालले चिनियाँ कम्युनिष्ट पार्टीले हालै सत्तारूढ नेकपालाई दिएको आन्तरिक प्रशिक्षणबारे पनि संसदमा प्रश्न उठाएका छन्।

‘उत्तर छिमेकको दलको नेपालमा सत्तारूढ दललाई आन्तरिक प्रशिक्षण दिने, आन्तरिक झगडा र सत्ता संतुलन मिलाउन लाग्ने काम उत्तिकै उपाच्य छ,’ उनले भने, ‘यसमा सत्तारूढ दलको ध्यान जाओस्।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.