×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

मनसुनजन्य विपद् : ‘असरमा आधारित पूर्वसूचना प्रणाली’ अवलम्बन

१० असार २०७७

१० असार, काठमाडाैँ ।

सरकारले यसपालि मनसुनजन्य विपद्को सूचना प्रणालीलाई व्यवस्थित गर्दै ‘असरमा आधारित पूर्वसूचना प्रणाली’ अवलम्बन गरेको छ । विगतको सूचना प्रणालीलाई थप व्यवस्थित गर्दै कहाँ–कहाँ कुन खालको असर हुनसक्छ भनेर आँकलन गरी असरमा आधारित पूर्वसूचना प्रणाली लागू गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

Advertisement
Advertisement

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सूचना प्रणालीबारे भने, “यसपालि सूचना प्रणालीलाई थप व्यवस्थित गरी असरमा आधारित बनाउन खोजेका छौँ, विगतमा जस्तो बाढी बढ्ने सम्भावना छ, पानी पर्ने सम्भावना छ मात्रै भन्दैनौँ, त्यसबाट कहाँ–कहाँ, कस्तो असर पर्न सक्छ, कसरी सावधानी अपनाउन सक्छौँ भन्नेसम्म सूचना प्रणालीले समेट्ने छ ।”

यस प्रणाली व्यवस्थापनमा जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र काठमाडौँले समन्वय गर्नेछ । आवश्यक प्राविधक जनशक्तिलाई प्रशिक्षणसमेत दिइसकिएको छ । अहिले पनि मौसम विज्ञान विभागले नियमित रुपमा सूचना दिइरहेको छ । त्यसलाई अन्य क्षेत्रसँग समन्वय गरेर दैनिक ‘विपद् बुलेटिन’ समेत निकाल्ने तयारी छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बङ्गालको खाडीबाट मनसुनी वायु आयो मात्रै नभनी त्यसले नेपालको कुन–कुन क्षेत्रलाई असर गर्छ, कहाँ बढी क्षति पु¥याउँछ, त्यसको सामना कसरी गर्ने भन्ने कुरासमेत यसपालिको सूचना प्रणालीमा समावेश हुने बताउनुभयो । यस्तै नदीमा पानीको बहाव बढ्यो मात्रै नभनी त्यसले कुन–कुन क्षेत्रमा कस्तो असर पु¥याउन सक्छ भन्ने सूचना पनि उक्त प्रणालीमार्फत जानेछ ।

यसपालि मनसुन शुरु हुनुअघि नै जमिन गलिसकेको छ । त्यसैले थोरै पानी पर्दैमा क्षति बढ्नसक्ने अनुमान मौसमविद्को छ । कोभिड–१९ को असरका कारण समस्या परिरहेको अवस्थामा सर्वसाधारण पनि सतर्क हुनुपर्ने प्राधिकरणका उपसचिव वेदनिधि खनालले बताए । उनले कोभिडका कारणले मात्रै मनसुनजन्य विपद्लाई छायामा पार्न नहुनेमा जोड दिए ।

यसपालि पूर्वतयारी, पूर्व सूचना प्रणालीको व्यवस्थापन, भइपरी आएका घटनाको सामना गर्न आवश्यक बन्दोबस्ती र जनशक्तिको व्यवस्थापन गर्दै क्षतिको न्यूनीकरणमा ध्यान दिइएको छ । गृह मन्त्रालयले आवश्यक कार्ययोजना तयार गरेर मन्त्रालयगत जिम्मेवारीसमेत तोकिसकेको छ ।

विश्व्यापी कोभिड–१९ को महामारीले इतिहासमै पहिलोपटक जटिल परिस्थितिसँग जुधिरहेको मुलुकका सामु मनसुन सक्रिय भएसँगै बहुविपद्को सामना गर्नुपर्ने चुनौतीका बीच सरकारले विपद् व्यवस्थापनमा आवश्यक तयारी गरिरहेको छ ।

मुलुकको ध्यान कोभिड–१९ मा रहेको वर्तमान अवस्थामा मनसुनजन्य विपद्लाई कमजोर आँकलन गर्न नहुनेमा विज्ञको जोड छ । विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटाले अलगअलग रुपमा दुई विपद्को व्यवस्थापन गर्न नसके ठूलो जोखिम उठाउनुपर्ने अवस्था आउनसक्ने आशङ्का रहेको बताए ।

गृह मन्त्रालयको नेपाल विपद् प्रतिवेदन २०१९ का अनुसार मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजारले ज्यान गुमाउने गरेका छन् । झण्डै सात अर्ब रुपैयाँको क्षति भएको विवरणमा उल्लेख छ । जल प्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एशियामा नै सबैभन्दा उच्च जोखिम भएको मुलुकमा पर्छ । जलवायु परिवर्तन, भूकम्प र जल प्रकोपबाट बढी क्षति पुग्ने देशमध्ये नेपाल विश्वमा क्रमशः चारौँ, एघारौँ र तीसौँ स्थानमा छ ।

मुलुकमा विपद्को फरकफरक प्रकृति छ । बाढी, पहिरो, डुबान, पानीजन्य रोगले असारदेखि भदौसम्म ठूलो जोखिम पार्छ । यसपटक डुबान, कटान, बाढी, पहिरो र पानीजन्य रोगका कारण झण्डै ३० लाख मानिस प्रभावित हुने अनुमानका साथ आवश्यक पूर्वतयारी गरिएको छ ।

Advertisement

पोखरेलले प्राधिकरणले समन्वयात्मक भूमिका निर्वाह गर्ने भएपनि अपरेशनको सबै भूमिका स्थानीय तहकै भएको बताए । गत वर्षको विवरणमा बाढीका कारण ८३ जनाको मृत्यु भएको थियो । पहिरोका कारण ९३ जनाको मृत्यु भएको थियो । प्राधिकरण हालै स्थापना भएकाले अनुभवको कमी हुँदा यसपटक अन्य सरकारी निकायको भूमिका महत्वपूर्ण हुन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसपालिी मुलुकमा औसत वर्षा हुने अनुमान गरिएको छ ।रासस

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top