क्वारेन्टाइनमा राज्य चाहियो !

कैलाली : महिना दिनअघि मुलुकमा एक हजार हाराहारीमा सीमित कोरोना भाइरस संक्रमितको संख्या अहिले १० हजार नाघिसकेको छ। यो अवधिमा २४ जनाले ज्यान गुमाएका छन्। ८५ हजारभन्दा बढी क्वारेन्टाइनमा छन्। आइसोलेसनमा राखिएकाको संख्या पनि बढिरहेको छ। संक्रमण न्यूनीकरणका लागि विशेष गरी दुई उपाय अपनाइएको पाइन्छ।

स्वदेशभित्र एक ठाउँबाट अर्को ठाउँमा गएका तथा विदेशबाट आएकालाई क्वारेन्टाइनमा राखेर यसको संक्रमण रोक्न खोज्नु। क्वारेन्टाइनमा राखिएकालाई संक्रमणको शंका देखिएमा पीसीआर परीक्षण गर्नुका साथै त्यसको नतिजा पोजेटिभ आएमा आइसोलेसनमा राखेर उपचार गर्नु। सरकारी तथ्यांकअनुसार अहिले सात हजार आइसोलेसनमा छन्। उनीहरू कोरोना संक्रमित हुन्।

कोरोना भाइरस रोकथामका लागि राज्यले हर प्रयास गरेको बताइरहेको छ तर क्वारेन्टाइनको व्यवस्थापनदेखि संक्रमितको स्वाब संकलन र उपचारमा समेत हेलचेक्य्राइँ बढ्दो छ। यो नै कोरोना संक्रमण विस्तारका थुप्रैमध्ये एउटा महत्तवपूर्ण कारण बनेको छ। संक्रमण फैलन नदिन सबैभन्दा राम्रो व्यवस्थापन क्वारेन्टाइनभित्र गर्नुपर्ने हुन्छ। विडम्बना, क्वारेन्टाइनभित्रको भद्रगोल अवस्था हेर्ने हो भने लाग्छ– यसले कोरोना रोकथाम होइन फैलाउन मद्दत गरिरहेको छ। केही समयअघि समाचारहरूमै आएको थियो, क्वारेन्टाइनमा बसेकाले सेवासुविधा माग्दै आन्दोलन गरे। फेरि समाचार बनेको छ, संक्रमितसहितका क्वारेन्टाइनमा बसेकाहरू सुरक्षाकर्मीको आँखा छलेर बाहिर निस्कन्छन्। भीडमा खेल हेर्छन्। समुदायसँग खुलमखुला घुलमिल भइरहेका छन्।

Advertisement

सरकारले आफैंले बनाएको सामान्य मापदण्ड पनि क्वारेन्टाइनभित्र लागू गर्न सकेको छैन। मापदण्डअनुसार क्वारेन्टाइन घना वस्तीवरपर राख्न मिल्दैन। वरपरका वस्तीमा संक्रमण नफैलियोस् भन्ने उद्देश्य भए पनि यो कार्यान्वयन भएको छैन। यो डरलाग्दो विषय भए पनि राज्यसंयन्त्र गम्भीर देखिँदैन। एउटा कोठामा बढीमा दुईजनालाई मात्र राख्नुपर्छ। हरेक क्वारेन्टाइनमा एक चिकित्सक वा जनस्वास्थ्य विज्ञले २४ घण्टै निगरानी गर्नुपर्छ। एउटा क्वारेन्टाइनस्थलमा सम्भव भएसम्म एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्छ। शौचालय, खानेपानी एव खाद्य सामग्रीको राम्रो प्रबन्ध हुनुपर्छ। अहिले मुलुकभर एक लाखभन्दा बढी क्वारेन्टाइन छन्। खोज्दै जाने हो भने तीमध्ये कुनै पनि क्वारेन्टाइनमा यी सुविधा छैनन्।,याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top