×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले त्ज्ब्ब्म् हटाएलगत्तै किमले देखाए शक्ति, १० ब्यालिस्टिक मिसाइल हाने|| Nepal Times
Mar 14, 2026
Playing
ओली नटआउट, एमालेमा नेतृत्व परिवर्तन हुँदैन || Nepal Times
Mar 14, 2026
Playing
१० प्रतिशत मात्रै इथानोल मिश्रण गर्न सके ठूलो धनराशि जोगिने|| Nepal Times
Mar 14, 2026
Playing
एमालेको समानुपातिक सांसद सूचीमा को–को परे ? || Nepal Times
Mar 14, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 14, 2026
Playing
एमालेका बाँस्कोटा र तामाङ बिच ‘कोल्ड वार’ || Nepal Times
Mar 14, 2026
Playing
USS त्रिपोली इरानतर्फ हिड्यो, अब्राहम लिंकन र जेराल्ड फोर्ड काम नलाग्ने भए ?|| Nepal Times
Mar 14, 2026
Playing
साउदीमा इरानको भीषण आक्रमण, ५ युएस विमान क्षतिग्रस्त, नेपाली ब्यारेकमा हमला|| Nepal Times
Mar 14, 2026
Playing
काँग्रेसले भोली समानुपातिक सांसद छान्ने || Nepal Times
Mar 14, 2026
Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026

जग्गा बाँझो राख्नेलाई जरिवाना, सूचना दिनेलाई पुरस्कार

११ असार २०७७

११ असार, ललितपुर ।
गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ मा बाँझो जग्गा राख्ने नगरवासीलाई आनामा एक सय रुपैयाँका दरले जरिवाना गराउने भएको छ।

“कृषि, पर्यटन, सामाजिक विकास र दिगो भौतिक पूर्वाधारको लहर, गोदावरीलाई समृद्ध बनाउने हाम्रो रहर” भन्ने मूल नाराका साथ नगरपालिका उपप्रमुख मुना अधिकारीले बुधबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जग्गा बाँझो राख्ने कार्यलाई निरुत्साहन गर्न प्रतिआनामा एकसय जरीवाना गराई सो सम्बन्धमा सूचना दिनेलाई २५ प्रतिशत पुरस्कार दिने घोषणा गरिन्।

यसैगरी गोदावरीले स्थानीय कुखुरा प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न प्रत्येक वडामा युवा रोजगारी कार्यक्रम, कम्तीमा पाँच रोपनीभन्दा माथि व्यावसायिक खेती गर्ने कृषक समूह तथा वैदेशिक रोजगारीबाट फर्केका स्थानीय नगरवासी र कृषि तथा पशु फार्मलाई मल तथा बीउमा ५० एवं कृषि तथा पशु फार्म पूर्वाधार निर्माणका लागि ७५ प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ।

गोदावरीले “जमीनको आम्दानी जमीनमा नै लगानी”भन्ने मान्यतालाई आत्मसात् गर्दै मालपोत भूमिकरबाट प्राप्त आम्दानीलाई कृषि क्षेत्रमा लगानी, सहकारीमार्फत सम्भाव्यताको आधारमा “एक पालिका एक उत्पादन” ढाँचामा जग्गा बाँझो नहुने गरी सहकारी खेती फार्मको प्रवद्र्धनमा पहल र यसका लागि माटो तथा हावापानीको परीक्षण अघि बढाउने भएको छ।

गोदावरीले विद्यालय शिक्षा सुधारका लागि कक्षा १ मा २५ जनाभन्दा बढी विद्यार्थी भर्ना गराई अन्तिम परीक्षामा समेत सहभागी गराउने विद्यालयलाई रु २० हजारको दरले प्रोत्साहन अनुदानको व्यवस्था मिलाउनाका साथै प्रारम्भिक बाल विकास शिक्षकलाई प्रतिमहिना प्रतिशिक्षक रु एक हजारका दरले पारिश्रमिक दिने र मातृभाषामा प्राथमिक शिक्षा दिने व्यवस्थाको पहल गर्ने भएको छ।

सत्तरी वर्ष नाघेका नागरिकलाई आगामी आर्थिक वर्षदेखि बज्रवाराही चापागाउँ अस्पतालबाट निःशुल्क स्वास्थ्य सुविधा प्रदान गर्ने तथा “आफ्नो शहर आफैँ सफा गरौँ” भन्ने मान्यताका साथ हरेक वडामा सञ्चालित सरसफाइ कार्यक्रमलाई पनि निरन्तरता दिनाका साथै चार स्थानमा व्यायामशाला निर्माण र योग शिविरलाई सबै वडामा विस्तार गरिने भएको छ।

वडा नं १० भागावनमा हनुमानको मूर्तिसहित पर्यटकीयस्थल निर्माण, पुरातात्विक शैलीमा घर निर्माण गरिएमा रु एक लाख विशेष सहुलियत, नगरपालिकाभित्र हरियाली प्रवद्र्धन र वातावरण संरक्षणका लागि फोहरमैला व्यवस्थापन, सडक किनारामा बिरुवा रोपणका साथै एक घर एक बिरुवालाई निरन्तरता, युवा पुस्तालाई जडिबुटी खेतीमा संलग्न गराइने र नगरपालिकाका हरेक वडामा एक सयका दरले बिरुवा उपलब्ध गराउने निर्णय गरिएको छ।(रासस)

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top