चन्द समूहका सुनसरी इन्चार्ज धरानबाट पेस्तोलसहित पक्राउ

११ असार, धरान ।

सुनसरीको धरान-१५ बाट १ जना हतियार सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका-६ स्थितमा बस्ने २७ बर्षीय रोशन राई रहेका छन्।

धरान-१५ मा लुकीछिपी बसेका राईलाई बिशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह (RIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती पक्राउ गरेको हो ।

Advertisement

राईलाई पक्राउ गरिएसंगै थप अनुसन्धान गर्ने क्रममा धरान-१५ स्थित रामहंस मार्गमा उनले प्रयोग गरेको मोटरसाईकल पार्किङ गरी राखेको अवस्थामा आज बिहान बरामद गरिएको थियो । बरामद गरिएको मोटरसाईकल चेकजाचँ गर्ने क्रममा उनैले सिटमुनी प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको १ थान पेस्तोल, ३ राउण्ड गोली फेला पारी बरामद गरिएको हो ।

Advertisement

साथै पक्राउ परेका राईको साथबाट २ थान मोबाईल र ६ थान सिम कार्ड समेत फेला पारी बरामद गरिएको छ । पक्राउ परेका उनी चन्द समूहका सुनसरी इन्चार्ज रहेकाे बताइएकाे छ । पक्राउ परेका राई उपर सुनसरी जिल्ला अदालतबाट हातहतियार खरखजना मुद्धामा अनुसन्धानका लागि दिन ६ (छ) म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

सम्बन्धित समाचार

Scroll to Top