नेपालको जनसंख्या ३ करोड नाघ्यो

११ असार ७७, शुक्रबार

१२ असार, काठमाडौं । नेपालको जनसंख्या ३ करोड नाघेको छ ।

तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको हो।

सन् २०११ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । तथ्याङ्क विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार वेबसाइटमा राखिएको क्याल्कुलेटरमा फर्मुला राखिएको छ।

Advertisement

जसले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको हिसाब गर्छ।

सन् २०११ को जनगणना र त्यसअघिको तथ्यांकहरूको आधारमा फर्मुला तय हुने चौलागाईंले बताए।

Advertisement

’तीन करोड जनसंख्या हामीले गनेर तोकेको होइन’, उनले भने, ’तर अबबाट तीन करोड जनसंख्या भन्न सकिन्छ।’

उनले सन् २०२१ मा जनगणना गर्न तथ्यांक विभागले अहिले पाइलट प्रोजेक्ट गरिरहेको बताए।

नेपालमा प्रत्येक दश वर्षमा जनगणना हुने गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top