मोरङको बक्राहा खोलाले बगाएर महिलाको मृत्यु

१२ असार ७७, शुक्रबार

१२ असार, विराटनगर ।
मोरङको रतुवामाई नगरपालिका ५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी साहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ ।

Advertisement

बिहीबार अपरान्ह साँढे ५ बजे बक्राहा खोला नजिकै चौपाया चराईरहेकी शाहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकी थिइन् ।

सो कुराको जानकारी पाएलगत्तै खटिएको ईलाका प्रहरी कार्यालय सिजुवाको प्रहरी टोली र स्थानीयबासी समेतले खोजतलास गर्ने क्रममा आज बिहान साँढे १० बजे बगाएको स्थान भन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा साह मृत अवस्थामा फेला पारेकी थिइन्।

Advertisement

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको  उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top